दोलखामा उत्साहपूर्ण उम्मेदवारी दर्ता

दीक्षण समाचार

चरिकोट, असोज २३

–मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि प्रत्यक्ष तर्फ दोलखामा राजनीतिक दलका उम्मेद्वारहरुले उत्साहका साथ आइबार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगको कार्य तालिका अनुसार निर्धारित समयमा राजनीतिक दलका तर्फबाट उम्मेद्वारहरुले नेता, कार्यकर्ता, शुभेच्छुक सहित बजार परिक्रमा गरी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरुले उत्साहका साथ मनोनयन दर्ता गराएका हुन् । राजनीतिक दलले ठुलो रस्साकस्सीपछि उम्मेद्वारको टुंगो लगाएर आयोगले तोकेको सयममा उम्मेदवार मनोनयन गरेका छन् । दोलखामा दुई प्रदेश सभा र एक वटा प्रतिनधि सभा रहेको जिल्लामा स्वत्रन्त्र उम्मेदवार, साना राजनीतिक दलका उम्मेदवारले पनि जित्ने अठोटका साथ मनोनयन दर्ता गरेका छन् । यद्यपी जिल्लामा नेकपा एमाले र गठबन्धन बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । गठबन्धनतर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्र र प्रदेश (क) र (ख) मा नेपाली कांग्रेसका उम्मेदवारले पूर्व सहमतिका आधारमा उम्मेद्वारी दर्ता गराएका छन् । जसमा प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की (विश्व) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेश (क) मा नेपाली कांग्रेसका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र (ख) का लागि कांग्रेस सभापति बर्मा लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धन दलबीच भागबन्डामा ढिलाई भएपछि अपराह्नको समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गरिएको हो ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका लागि पाटी प्रदेश सदस्य बालकृष्ण शिवाकोटीले मनोनयन दर्ता गराउनु भएको छ । त्यसैगरी प्रदेश (क) मा एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र प्रदेश (ख) मा प्रदेश सदस्य भरत केसीले उम्मेदवारी मनोनयन गराउनु भएको छ । त्यसैगरी राप्रपाले संघमा विजय खड्का प्रदेशमा ख मा राजन शिवाकोटीले उम्मदेवारी दर्ता गर्नु भएको छ । प्रतितिनिधी सभामा राप्रपा नेपालबाट नवराज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी जगदिश खरेल उम्मेद्वारी दर्ता गराउनू भएको छ ।
अन्य राजनीतिक दलतर्फका र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ताका लागि समय दिएको थियो ।
नेकपा एकीकृत समाजवादी दोलखाले भने उम्मेदवारी दर्ता गराएन, उसले गठबन्धन दलका उम्मेदवारलाई सहयोग गर्नेे निर्णय गरेको छ । एकीकृत समाजवादीले भागबण्डाको क्रममा एक वटा पनि टिकट नपाएको हो । आकस्मिक रुपमा बैठक बसी आवश्यक परे स्वतन्त्र उम्मेदवारी दिने निर्णय भएपनि अन्तिममा गठबन्धन दलका उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय भएको उपाध्यक्ष घनश्याम रिजालले जानकारी दिनु भयो ।

निर्वाचन कार्यालय दोलखाको अनुसार ४६ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो । जसमा प्रतिनिधि सभामा १२ वटा दल र सात वटा स्वतन्त्र, प्रदेश (क) मा नौ दल र पाँच स्वतन्त्र, (ख) मा नौ दल र चार स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । असोज २४ मा उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीको समय समाप्त भएपछि २५ गतेसम्म उजुरी माथी जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन गर्ने निर्वाचनको आयोगको कार्यतालिका रहेको छ । २६ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय हो, भने सोही दिन अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मय हो, भने सोही दिन अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा उत्साहपूर्ण उम्मेदवारी दर्ता"

Leave a comment

Your email address will not be published.


*