दोलखामा आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाइयो

दीक्षण समाचार
चरिकोट, कार्तिक १६
“आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पुर्वाधार” भन्ने मूल नाराका साथ दोलखामा पनि २३ औं राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाइएको छ । संसारकै पुरानो चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती र आरोग्य दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
सत्य युगमा समुन्द्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो । धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले केन्द्र परिसरमा प्रतिस्थापित धन्वन्तरिको मूर्तिमा पुजाआजा गरी जयन्ती तथा दिवस मनायो ।


केन्द्र संञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष जानुका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौला, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, प्रहरी नायब उपरीक्षक भेषराज रिजाल, जिल्ला मालमोत कार्यालय प्रमुख मुरारी दुलाल र पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईँ लगायतको सहभागिता रहेको थियो । नेपालमा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरि जयन्ती मनाउन थालिएको हो । आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्ती राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने गरिएको छ।

Shares

Be the first to comment on "दोलखामा आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाइयो"

Leave a comment

Your email address will not be published.


*