आरडीटी परीक्षणमा २ जनामा ‘पोजेटिभ’ आएसँगै चरिकोट प्रस्ताबित अस्पतालको सबै सेवा बन्द

जेठ ८,चरिकोट (दीस ) दोलखामा पहिलोपटक कोरोना भाइरस संक्रमणको आरडीटी परीक्षणमा २ जना स्वास्थ्यकर्मीको रिपोर्ट ‘पोजेटिभ’ आएपछि बिरामीको चाप हुने चरिकोट प्रस्ताबित अस्पतालको  सबै सेवा बन्द भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा बुधबार ९७ जनामा आरडीटी परीक्षण गरिएकोमा २ जना स्वास्थ्यकर्मीको रिपोर्ट ‘पोजेटिभ’ देखिए पछि उनीहरुको पिसिआर टेष्टको रिपोर्ट सार्वजनिक नहुन्जेल सम्मको लागि अस्पतालले प्रदान गर्ने सबै सेवा बन्द गरिएको हो । कोरोना रोकथाम संकट व्यवस्थापन समितिको अ ाज बसेको बैठकले पिसिआर टेष्टको रिपोर्ट सार्वजनिक नहुन्जेलसम्मको अस्पतालमा नयाँ विरामी भर्ना लिन बन्द गर्ने निर्णय गरेको व्यवस्थापन समिति दोलखाका प्रवक्ता विभुकुमार झाले जानकारी दिए । स्वाब संङकलन बुधबार नै गरि पिसिआरको लागि धुलिखेल पठाइएको छ । आरडीटी ‘पोजेटिभ’ देखिएका २ जनालाई प्राथमिक स्वास्थ्य केन्द चरिकोटको आइसोलेसनमा राखिएको छ । यसअघि पाँचपटक गरी दोलखा जिल्लाबाट पठाईएको १५ जनाको कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । ट्राभल हिस्ट्री भएका सहित लकडाउनमा दोलखा आएका १२२ महिला र ४४२ पुरुष गरी ५६४ जनामा गरिएको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

Shares

Be the first to comment on "आरडीटी परीक्षणमा २ जनामा ‘पोजेटिभ’ आएसँगै चरिकोट प्रस्ताबित अस्पतालको सबै सेवा बन्द"

Leave a comment

Your email address will not be published.


*