दोलखामा आन्तरिक पर्यटक बढे,कालिञ्चोकमा तिहार पछि सात हजार पर्यटकको आगमन

दोलखा, ६ चैत । दोलखाको कालिनचोक भगवती मन्दिरको फेदीमा रहेको कुरी बजारको दृश्य । कालिनचोक दर्शन गर्न आउनेहरू यस ठाउँमा वास बस्ने र आराम गर्ने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ÷ रासस

नवराज चरिकोट÷ दोलखामा आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको छ । तिहार सकिएसँगै आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको हो । तिहार पर्व सकिएपछि जिल्लामा आन्तरिक पर्यटकहरु आउने क्रम बढ्न थालेको दोलखा जिल्ला होटल तथा पर्यटन ब्यवसायी सँघका अध्यक्ष विष्णु थापाले बताउनु भयो । तिहार अघिसम्म सुस्ताएको होटल ब्यावसायले अब भने गति लिने दोलखाका होटल ब्यावसायीहरुको आशा रहेको उहाँको भनाई छ । दोलखाको प्रमुख पर्यटकीय स्थल कालिञ्चोकमा दैनिक सरदर दुईहजार बढी को संख्यामा आन्तरिक पर्यटकहरु कालिञ्चोक मन्दिरमा दर्शन गर्नकालागि आउने गरेको कालिञ्चोक स्थित होटल सुनपातिका संचालक हरि ओलीले बताउनु भयो । भाइटिकापछीका तिन दिनमा करिब सात हजारले कालिञ्चोकको भ्रमण गरेको संचालक ओलीको भनाई छ । पर्यटकको संख्या बढ्दै गएकाले कालिञ्चोक आउने पर्यटकलाई होटल बुक गरेर मात्र आउन उनको सुझाव छ । प्रशिद्ध कालिञ्चोक भगवतीको दर्शन गर्न, सूर्योदय तथा सूर्यास्तको मनोरम दृष्यावलोकन गर्नका साथै जुगल तथा गौरिशंकर हिमालको सुन्दर दृष्यावलोकन एवं हिउँपर्ने समयमा हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । जिल्लाका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्न आउनेहरुका कारण चरिकोटका होटलहरुमा पनि आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको पाइएको छ । तिहार लगत्तै दोलखाका पर्यटकस्थलहरु घुम्न आउने हरुका कारण सदरमुकाम चरिकोटका होटलहरुमा पाहुनाहरुको संख्या बढेको होटल दोलखा भ्यु कि संचालक सुमित्रा भण्डारिले बताउनु भयो । हिउँद लागेपछि आन्तरिक पर्यटकले भरिभराउ हुने दोलखाका होटलहरु विगत केही वर्षदेखि कोभिडका कारण सुनसान रहने गरेकोमा अब भने त्यस्तो नहुने आशा होटल ब्यावसायीहरुमा पलाएको संचालक भण्डारीको भनाई छ । नेपालको स्वीजरल्याण्ड भनेर चिनिने दोलखाको अर्को पर्यटकीय नगरी जिरीमा पनि तिहार पछि आन्तरिक पर्यटकहरुको संख्या बढेको होटल लिकंन पोइन्टका संचालक बाबुराजा श्रेष्ठले बताउनु भयो । जिरीका होटल ब्यावसायीहरु आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्न तयार रहेको उहाँको भनाई छ । दोलखाका प्रमुख पर्र्यटकीय स्थलहरु मध्येको जिरी विभिन्न पार्कहरु तथा सुन्दर प्राकृतिक दृष्यावलोकनकालागि प्रख्यात रहेको छ । कालिञ्चोक तथा जिरीका अतिरिक्त शैलुङ गाउँपालिकाको शंलुङ डाँडा, तथा जिल्लाको उत्तरी भेगको भ्रमण गर्ने आन्तरिक पर्यटकहरुको संख्या समेत बढेको शैलुङको कालापानी तथा सिँगटीका होटल ब्यावसायीहरुको भनाई छ ।

Shares

Be the first to comment on "दोलखामा आन्तरिक पर्यटक बढे,कालिञ्चोकमा तिहार पछि सात हजार पर्यटकको आगमन"

Leave a comment

Your email address will not be published.


*