दोलखामा आत्मा हत्या गर्ने पुरुष बढी

ईस्वर विक /चरिकोट –दोलखामा आत्मा हत्या गर्ने पुरुष बढी भएको तथ्याङकले देखाएको छ । जिल्लामा गत आर्थिक बर्ष २०७६÷०७७ मा ५६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको छ । २७ जना पुरुषले आत्महत्या गरेका छन् ।

त्यस्तै २३ जना महिला, ५ जना बालिका र १ जना बालकले आत्महत्या गरेका छन् । तिमध्ये ५० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरि आत्महत्या गरेका प्रहरीले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण सिर्जित समस्याका कारण पनि केहीले आत्महत्या गरेकोे पाइएको छ । जिल्लामा सहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रका मानिसहरुले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।
 न्युनिकरणका लागि सचेतना कार्यक्रम गरिने
–आत्महत्या न्युनिकरण र नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । मनोसामाजिक परामर्शदातासँग समन्वय गरि मानिसलाई जीवनको महत्व बुझाउदैँ आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको हो । सामाजिक सञ्जालको दुरुपयोग, काममा विफलता, प्रेममा धोका, महत्वकांक्षी योजना पुरा हुन नसक्नु लगायतका कारण मानिस निराश भई आत्माहत्याको बाटो रोज्ने गर्दछन् । त्यसलाई रोक्न सचेतना कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहोराले बताए । मनोसामाजिक परामर्शदाताहरुसँग छलफल गरिने र छलफलपछि निस्केको निष्र्कषलाई आत्मसाथ गर्दै आत्महत्या न्युनिकरण कार्यक्रम गरिने उनले बताए ।आत्महत्या घटना हुन नदिन घरपरिवारको भुमिका महत्वपुर्ण रहेको हुन्छ । त्यस्तै समुदाय, समाज र स्थानीय तहसहित जिल्ला, प्रदेश र राज्यले नै नियन्त्रणका लागि सबै उपाय अपनाउनुपर्ने उनले बताए

Shares

Be the first to comment on "दोलखामा आत्मा हत्या गर्ने पुरुष बढी"

Leave a comment

Your email address will not be published.


*