दोलखामा आज ९२ जना संक्रमण मुक्त भए, ३३ जना नयाँ सँक्रमित थपिए

दीक्षण दैनिक
चरिकोट, जेठ १६
दोलखामा ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय दोलखाको आइतबारको आद्यवधिक तथ्याङ्क अनुसार ४ पालिकाका ५१ पुरुष र ४१ महिला गरी आज ९२ जना कोरोना संक्रमण मुक्त भएका हुन् । कार्यालयका अनुसार सबैभन्दा बढी तामाकोशी गाउँपालिकाका ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । जहाँ २६ पुरुष र २१ महिला संक्रमण मुक्त भएका हुन् । त्यस्तै बैतेश्वर गाउँपालिकाका १२ पुरुष र १४ महिला गरी २६ जना, शैलुङ गाउँपालिकाका १२ पुरुष र ६ महिला गरी १८ जना र मेलुङ गाउँपालिकाका १ पुरुष कोरोना संक्रमण मुक्त भएका छन् । यी मध्ये अधिकांशले होम आइसोलेशनमैँ बसी कोरोना मुक्त हुन सफल भएका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जिल्लामा हालसम्म ३ सय ५ पुरुष र २ सय २५ महिला गरी ५ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज ३३ जना नयाँ संक्रमित फेला परेका छन् । पिसिआर प्रविधि र एन्टिजिन दुबै प्रविधि १ सय ६ जनाको नमुना स्वाब परीक्षण गरिएकोमा ३३ जना नयाँ संक्रमित फेला परेका हुन् । जसअनुसार सबैभन्दा बढी विगु गाउँपालिकाका ५ पुरुष र ५ महिला गरी १० जना, भीमेश्वर नगरपालिका ४ पुरुष र ५ महिला गरी ९ जना, कालिन्चोक गाउँपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जना, गौरीशंकर गाउँपालिकाका २ पुरुष संक्रमित थपिएका छन् । बैतेश्वर गाउँपालिकाका २ महिला, मेलुङ गाउँपालिकाका २ पुरुष र १ महिला गरी ३ जना र शैलुङ गाउँपालिकाका १ पुरुष र १ महिला गरी २ जना संक्रमित फेला परेका छन् । हाल सम्म जिल्लामा दोस्रो चरणको कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय १९ पुगेको छ । जसमा महिलाको तुलनामा पुरुषको संख्या उच्च रहेको छ । ७ सय ३४ पुरुष र ५ सय ८५ जना महिला संक्रमित भएकोमा सक्रिय संक्रमितको संख्या पुरुष ४ सय २४ र महिला ४ सय ५७ गरी ७ सय ८१ रहेको स्वास्थ्य कार्यालयका प्रमुख अर्जून पौडेलले बताए । संक्रमितहरु मध्ये ३८ जना अस्पताल, ५१ जना क्वारेन्टाइन र ७ सय ४३ जना घरमैँ उपचाररत रहेको उनले बताए ।

Shares

Be the first to comment on "दोलखामा आज ९२ जना संक्रमण मुक्त भए, ३३ जना नयाँ सँक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*