दोलखामा आज २ जनामा कोरोना संक्रमण

चरिकोट, भदौ १६(दीस)– दोलखामा  आज २ जनामा कोरोना संक्रमण भएको छ । आज आएको पीसीआर टेष्टको रिपोर्ट बिगु गाउँपालिकामा २ जना महिलालाई कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय दोलखाले दिएको जानकारी अनुसार गत भदौ ११ गते गते बिगु गाउँपालिकाबाट पठाइएको ७३ जनाको स्वाबको नमुना मध्ये २ जना महिलाको रिपोर्ट पोजिटिभ आएको छ ।यसै गरी सोही दिन नै भिमेश्वर नगरपालिका बाट पठाइएको ११ जनाको मध्ये १ जना पुरुषको दोस्रो पटक पोजिटिभ आएको छ भने अरु सबै नेगेटिभ रहेको छ।यसै गरी सोही दिन नै कालिन्चोक गाउँपालिकाबाट पठाइएको २७ र मेलुङ्ग गाउँपालिकाको ११ जनाको नमुना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । दोलखा जिल्लामा पनि संक्रमितको संख्या बढि रहेको परिपेक्षमा अझै थप सावधानि अपनाउन सबैमा स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा आज २ जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*