दोलखामा आज राती १२ बजे देखी लागु हुने गरी ६ दिन लक डाउन

चरिकोट (दीस) –दोलखामा आज राती १२ बजे देखी लागु हुने गरी ६ दिन लकडाउन हुने भएको छ । पछिल्लो समय दोलखामा कोरोना संक्रमण बढेसँगै आज बसेको संकट व्यवस्थापन समिति दोलखाको बैठकले सो निर्णय गरेको हो । भोली देखी दोलखाका मुख्य बजारहरु चरिकोट बजार, सिगटी बजार, जिरी बजार, मैनापोखरी बजार, बागघोर बजार, तामाकोसी बजार, तथा भीड हुने स्थानमा लकडाउन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले दोलखा जिल्ला भित्र ९ गते सम्म यातयात बिहान ७ बजे देखी साँझ ६ बजेसम्म मात्र चल्न दिने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए । जिल्ला प्रशासन दोलखाका अनुसार ९ गते देखी १४ गतेसम्म जिल्ला बाहिर जाने लामो दुरीका यातयात बाहेक जिल्ला भित्र कुनै पनि यातयात संन्चालन गर्न रोक लगाएको छ ।

Shares

Be the first to comment on "दोलखामा आज राती १२ बजे देखी लागु हुने गरी ६ दिन लक डाउन"

Leave a comment

Your email address will not be published.


*