दोलखामा आज बृहत शैक्षिक सम्मेलन सम्पन्न

राजकुमार भुजेल/ चरिकोट – दोलखामा आज बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दोलखाद्धारा आयोजित बृहत शैक्षिक सम्मेलन पुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले विद्यार्थीहरुको भविष्यको बारेमा सोच्ने जिम्मा तथा भविष्य बनाउने जिम्मा शिक्षकहरुमा भर परेको बताउनुभयो । अहिले विद्यालयहरुमा भैरहेको राजनिति र भ्रष्टचारको कारणले विद्यार्थीहरुको जिवनलाई कुनै असर नपरोस भन्नका लागि प्रत्यक विद्यालयहरुमा राजनिति र भ्रष्टचार हटाउन जरुरी रहेको बताउनुभयो । त्यसैगरी प्रत्येक विद्यालयहरुमा हाल दिवा खाजा,स्यानिटरी प्याड र पुस्तकालयमा शिक्षकहरुको मनोमानि भैरहेको समाजवाद उन्मुख शिक्षाको मोडेल प्रस्तोता लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।


सामुदायिक बिद्यालयको शैक्षिक उन्नयनका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनमा कार्यपत्र प्रस्तोता विज्ञको रुपमा लेखनाथ न्यौपाने,पूर्णप्रसाद दवाडि, लोकनन्दन पराजुली, राजकुमार बराल र डहु मा बि का प्र. अ. दलबहादुर बल रहनु भएको थियो । सम्मेलनले १२ बुदे शैक्षिक सुधारका ठोस कार्यहरु सहितको प्रतिबद्धता घोषणा गरेको एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाले जनाएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ, शिक्षकका पेशागत संगठनका प्रमुखहरु एवं शिक्षकहरुको उपस्थिति थियो ।

सामाजवाद उन्मुख शिक्षाको पुर्वधार,गुणस्तरिय शिक्षाको आधार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरु,स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु लगाएत शिक्षकहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "दोलखामा आज बृहत शैक्षिक सम्मेलन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*