दोलखामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि

चरिकोट (दीस) –दोलखामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार मंसिर ३ गते बुधबार ३२ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागी पठाइएकामा ९ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।उनीहरु मध्ये सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालबाट १२ जनाको स्वाव परिक्षणका लागी पठाइएकामा ३ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमण पुष्टि हुनेहरुमा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई र बाँकी २ जना भीमेश्वर नगरपालिकाका सर्वसाधारण रहेका छन् ।त्यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित दोलखा अस्पतालबाट २० जनाको स्वाव पठाइएको थियो । उनिहरुमध्ये २ महिला र ४ पुरूष गरि ६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमण पुष्टि हुने ६ जना मध्ये भीमेश्वर नगरपालिकाका २ जना, विगु गाउँपालिकाका ३ जना र कालिन्चोक गाउँपालिकाका एक जना रहेका छन् ।

Shares

Be the first to comment on "दोलखामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*