दोलखामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी

चरिकोट (दीस) –दोलखामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दोलखामा रहेको धुलिखेल अस्पतालबाट कात्तिक १९ गते ३१ जनको स्वाब संकलन गरी पीसीआर टेष्टको लागि पठाइएको रिपोर्टमा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । आज संक्रमण पुष्टी हुने तामाकोशि गाउँपालिकाबाट ५ जना महिला,विगु गाउँपालिकाबाट १ पुरूष र मेलुङ गाउँपालिकाबाट १ पुरूषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका फोकल पर्सन बासुदेब अधिकारीले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी"

Leave a comment

Your email address will not be published.


*