दोलखामा आज थप ३१ जनामा कोरोना संक्रमण

रिकोट (दीस) –दोलखामा आज थप ३१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय दोलखाका सहईन्चार्ज बासुदेब अधिकारीका अनुसार ६५ जनामा गरिएको पीसीआर टेष्टमा ३५ जनामा कोरोना संक्रमण भएको हो । जसमा ४ जना संक्रमितको दोस्रो पटक पनि रिपोर्टमा पोजेटिभ आएको छ भने ३१ जना आज नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा नेपाली कांग्रेसका सचिब सन्तोष रिमाल ,दोलखा उद्योग बाणिज्य महासचिब हेमराज रिमाल तथा उनीहरुका  परिवारका अन्य सदस्य पनि रहेका छन् । संक्रमण भएकाले भीमेश्वर ठेगाना राखेको बताइएको छ । दोलखामा हालसम्म कोरोना संक्रमण हुने संख्या १३० पुगेको छ ।हाल जिल्लामा ६२ जना सक्रिय संक्रमित रहेका छन् ।आज संक्रमण पुष्टी हुनेमा राजनितिक दलका नेता , सरकारी कर्मचारी , प्रहरी ,सरकारी कर्मचारी तथा तिनीहरुको परिवार रहेको बताइएको छ ।

Shares

Be the first to comment on "दोलखामा आज थप ३१ जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*