दोलखामा आएर मन्त्रीको निर्देशन ः सेवा नागरिकले थाहा पाउने गरी कार्यान्वयन गर

चरिकोट(दीस)ः बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तमराज जोशीले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको सेवा नागरिकले थाहा पाउने गरी कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । बुधबार दोलखा सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पताल र स्वास्थ्य कार्यालय दोलखाको अनुगमन गर्नु हुँदै मन्त्री जोशीले सो निर्देशन दिन ुभएको हो ।
स्वास्थ्य सेवा कुन स्तरमा पुगेको छ र कस्तो सेवा प्रदान भइरहेको छ भन्ने जानकारी स्थानीय स्तरमा नपुगेकोमा असन्तुष्टी ब्यक्त गर्दै उहाँले चुस्त दुरुस्त रुपमा सेवा प्रदान गर्न निर्देशन दिनुभएको थियो । स्वास्थ्य मन्त्रालयले गरेको महत्वपूर्ण कार्यक्रम मुख्यमन्त्रीसँग जनता कार्यक्रम नागरिकले थाहा पाउने गरि कार्यन्वयन गर्न उक्त अवसरमा उहाँले आग्रह गर्नुभयो ।
महिनै पिच्छै स्थानीय तहसँग मुख्यमन्त्रीसँग जनता कार्यक्रमबाट सेवा पाएका नागरिकको तथ्यांक सङ्कलन गरी मन्त्रालय पठाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभयो । प्रचारप्रसार नहुँदा आम नागरिकले सोचेजस्तो सेवा र जानकारी नपाएको गुनासो रहेकाले मन्त्रालयले गरेका कार्यक्रम बारे स्थानीय बेखबर हुनु दुखद कुरा रहेको उहाँले बताउनुभयो । मन्त्री जोशीले अस्पतालको न्यु बर्न बेबि सेन्टरको उद्घघाटन समेत गर्नुभएको थियो । लामो समय देखि डायालिसिस सेवा संचालन नभएको स्थानीयको गुनासो रहेकोले सो सेवा छिटै प्रदान गरिने बताउनुभयो । अस्पतालका संचालन समितिका अध्यक्ष भरत प्रधानलाई अस्पताल भवन निर्माण रोकिएको गुनासो आएकाले तत्काल निर्माण प्रक्रिया सुरु गराउन निर्देशन दिनुभयो । अनुगमनका क्रममा स्वास्थ्य क्षेत्रका कतिपय सेवाहरु हालसम्म पनि सुरु नभएको पाइएपछी सुरु नगर्नुका कारण लिखित रुपमा मन्त्रालय पठाउन स्वास्थ्य कार्यालय प्रमुख र अस्पताल प्रमुखलाई निर्देशन दिनुभयो । जनप्रतिनिधि र स्वास्थका कर्मचारीसँग सेवाग्राही खुसी नभएको बताउदै उहाँले प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा महिला स्वयम्सेबिकालाई नगद सहित सम्मान गरेको बताउनुभयो । विद्यालय नर्स माध्यमिक विद्यालयसम्म पुर्याउने योजना रहेको बताउनुहुदै मन्त्री जोशीले विद्यार्थीलाई विद्यालयमा नै स्वास्थ्य सेवा दिने योजना रहेको बताउनुभयो । मन्त्री जोसिले दोलखाका निजि अस्पताल अनुगमन गर्न स्वास्थ्य कार्यालय दोलखालाई निर्देशन समेत उक्त अवसरमा दिनुभएको थियो ।

Shares

Be the first to comment on "दोलखामा आएर मन्त्रीको निर्देशन ः सेवा नागरिकले थाहा पाउने गरी कार्यान्वयन गर"

Leave a comment

Your email address will not be published.


*