दोलखामा असोज ७ गतेबाट शैक्षिक संस्था खुल्ने

चरिकोट(दीस) — दोलखामा आगामी असोज ७ गतेबाट शैक्षिक संस्था खुल्ने भएको छ । आज जिल्ला समन्वय समिति दोलखामा जिल्ला सरोकारवाल तथा स्थानीय सरकारका प्रमुख सहितको बैठकले शैक्षिक संस्था खुलाउने निर्णय गरेको हो ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर आधारभुत र माध्यामिक तहको पठनपाठन सुचारु गर्ने निर्णय भएको हो । बैठकले स्वास्थ्य सुरक्षा मापदण्डसहित कार्ययोजना बनाएर आधारभुत र मावि तहको कक्षा संचालन गर्ने निर्णय गरेको हो ।बैठकले आधारभुत तहका विद्यार्थीलाई सिकाई केन्द्र को रुपमा टोलटोलमै पुगेर शिक्षकहरुबाट पठनपाठन गराईनेछ । यसैगरी ६ देखि १० कक्षासम्मका लागि भने विद्यालयमै कक्षा संचालन हुनेछ ।तर कक्षा संचालन गर्ने क्रममा माक्स, सेनिटाईजर सहित स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्नुपर्नेछ । धेरै विद्यार्थी संख्या भएका विद्यालय र कक्षाको हकमा रोलनम्बर अनुसार जोरविजोर प्रणाली अनुसार विद्यार्थीलाई कक्षामा सहभागि गराईनेछ ।

Shares

Be the first to comment on "दोलखामा असोज ७ गतेबाट शैक्षिक संस्था खुल्ने"

Leave a comment

Your email address will not be published.


*