दोलखामा अपराधिक घटनामा कमी

ईश्वर बिश्वकर्मा
चरिकोट, वैशाख ८
कोेरोना भाइरसको रोकथाम र न्युनिकरणका लागि गरिएको लकडाउनको अबधीमा दोलखामा अपराधीक घटना कमी भएको छ ।
लकडाउन भएपश्चात् जिल्ला प्रहरी कार्यालय दोलखामा सोमबारसम्म ४ वटामात्रै अपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। २ वटा ज्यानसम्बन्धी कसुर, जबरजस्ति करणी १ वटा र झुन्डि आत्माहत्यासबन्धी १ वटा मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहोराले बताए । उनकाअनुसार लकडाउनमा जिल्ला बासी घरमै बसेको र सचेतिकरणका लागि प्रहरी टोलटोलमा परिचालित भएकाले लकडाउन अवधीमा जघन्य अपराधमा न्युन भएको हो ।
उनले भने ” प्रहरी कार्यालयमा लकडाउनभन्दा अघि १० देखि २३ वटासम्म जघन्य प्रकृतिका मुद्दा दर्ता हुने गरेको थियो । तर यो समयमा सबैको ध्यान कोरोना महामारी तिर रहेकाले अपराधीक घटना न्युन भएको हो ।” यसअघि जिल्लामा चोरी, बलत्कार, ज्यानसम्बन्धी लगायतका अपराधीक घटना हुने गरेको थियो ।

Shares

Be the first to comment on "दोलखामा अपराधिक घटनामा कमी"

Leave a comment

Your email address will not be published.


*