दोलखामाः डिजिटल स्मार्ट जिल्ला निर्माण कार्यको शुभारम्भ

चरिकोट(दीस) । दोलखाबाट डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतको स्मार्ट जिल्ला निर्माण कार्य शुभारम्भ भएको छ । इन्टरनेटको माध्यमबाट नागरिकलाई पेपरलेस र फेसलेस सेवा प्रदान गर्ने उद्देश्यले सो कार्यको शुभारम्भ भएको हो । नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शनिबार सदरमुकाम चरिकोटको एक कार्यक्रम मार्फत स्मार्ट दोलखा निर्माण कार्य शुभारम्भ भएको गरेका हुन ।  मन्त्री गुरुङले आज आयोजित कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवीन लामालाई भिडियो र डाटा सेवा सञ्चालन गर्न सकिने एफटीटी राउटर हस्तान्तर गरी स्मार्ट जिल्ला निर्माण कार्यको शुभारम्भ गरेको घोषणा गरेका हुन् । कार्यक्रममा मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी रमेश शिबाकोटीलाई फाइबरबाट फोन गर्दै सो दोलखामा फाइवर सेवाको पनि शुभारम्भ गरेका थिए ।  “कार्यक्रममा बोल्दै दोलखाका पालिका केन्द्र, वडा कार्यालय, स्वस्थ्य केन्द्र र सामुदायिक विद्यालयमा सूचना प्रविधिको माध्यमबाट पेपरलेस र फेसलेस सेवा प्रदान गर्न कार्यक्रम अघि बढेको उनले बताए । ““अब तोकिएका कार्यलय र संस्थाबाट डिजिटलका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक पर्ने सूचना प्रविधिसम्बन्धी व्यवस्था तथा इन्टरनेट कनेक्सनको माध्यमबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।” उनले भने । दोलखाका बजारमा उच्च गतिको इन्टरनेट सेवाको फाइवर सेवा संञ्चालन गरिने बताए । दोलखाका सबै स्थानमा इन्टरनेटको पहँुच पु¥याउने योजनाका साथ सरकारले काम गरिएको मन्त्री गुरुङको भनाई रहेको छ ।  जिल्लाको ९ वटा पालिका केन्द्र, ७४ वटा वडा कार्यलय, ५७ वटा स्वास्थ्य संस्था र एक सय ३६ सामुदायिक विद्यालयमा फागुन महिनाभित्रै इन्टरनेटको व्यवस्था गरी डिजिटल सेवा सञ्चालन हुने बताइएको छ ।
दोलखाका सबै ठाउँमा अप्टिकल फाइबर मार्फत इन्टरनेट तथा टेलिफोन सेवा उपलब्ध गराउने र अप्टिकल फाइबर सम्भन नहुने ठाउँमा वायरलेस ब्रोड ब्यान्ड मार्फत इन्टरनेट सेवा उपलब्ध गर्न सकिने नेपाल टेलिकममा कार्यकारी निर्देशक डिल्ली अधिकारीले बताए ।इन्टरनेट जडान तथा उपकार खरिदका लागि एक पालिका केन्द्र र वडा कार्यलयमा ७२ हजार, एक स्वास्थ्य कार्यलयमा एक लाख दुई हजार, एक माध्यमिक विद्यालयमा तीन लाख १७ हजार र एक प्राथमिक विद्यालयमा दुई लाख १७ हजर रुपियाँसम्म खर्च लाग्ने अनुमान नेपाल टेलिकमले गरेको छ ।

Shares

Be the first to comment on "दोलखामाः डिजिटल स्मार्ट जिल्ला निर्माण कार्यको शुभारम्भ"

Leave a comment

Your email address will not be published.


*