दोलखाबाट सरकारद्धारा सुत्केरी महिलाको उद्धार

चरिकोट(दीस) –नेपाल सरकारको पहलमा दोलखाको विगु गाउँपालिका वडा न ८ खोपाचागुकी एक गम्भिर सुत्केरी महिलाको हेलिकप्टर मार्फत आज उद्धार गरिएको छ । विगु गाउँपालिका वडा नम्वर ८ का १७ बर्षिय सुस्मा श्रेष्ठलाई सुत्केरी वेथा लागेको लामो पछि जटिल अवस्थामा रहेकी महिलाको उद्धार गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए । सरकारले हिमाली जिल्लामा सुत्केरी उपचार हुन नसकेको महिलाको उद्धार गर्दै आएको छ । सो कार्यक्रम अन्र्तगत सुत्केरी महिला बच्चा नन्मेपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्य चौकीले आज विहान प्रस्तावित चरिकोट अस्पातलमा रिफर गरिएको थियो । एम्वुलेन्समा आज विहान ८ बजे प्रस्तावित चरिकोट अस्पतालमा आई पुगेका विरामीको सो अस्पातालले शल्यक्रिया गरेको भए पनि विरामीलाई शघन कक्ष आइसुमा उपचार गर्नु पर्ने भएकोले सरकारको कार्यक्रम अन्र्तगत महिलालाई उद्धार गरिएको हो ।
“ अप्रेसन पछि सुत्केरीको स्वासप्रस्वासको गति वढेको र आइसियूमा राखी थप उपचार गर्नु पर्ने र चरिकोटमा आइसियू नभएकाले तत्काल हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएको डाक्टर डंगोलले जानकारी दिए ।
सुत्केरीको कारण महिलाको विभिन्न चरण अनुसार लामो समय सम्म वच्चा नजन्मीदा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्ने भएको र अप्रेसन गरि वच्चा निकाली सुत्केरी महिलालाई काठमाण्डौ रिफर गरिएको डा डंगोलले बताए । हामीसँग चरिकोटमा शल्यक्रियाको सुविधा भएपनि आइसुमा राखिने उपचारमा समस्या रहेको डा.दंगालले बताए । आइसुमा राखिने उपचारमा रिफर गर्ने उनले जानकारी दिए ।यस अघि हिमाली जिल्लामा सुत्केरी महिला उद्धार कार्यक्रम अन्र्तगत दोलखाको मेलुङ गाउँपालिकाकी सुत्केरी महिलाको उद्धार गरिएको थियो ।

Shares

Be the first to comment on "दोलखाबाट सरकारद्धारा सुत्केरी महिलाको उद्धार"

Leave a comment

Your email address will not be published.


*