दोलखाबाट नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय सदस्यमा पाँच जना मनोनित

चरिकोट (दीस) –दोलखाबाट नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय सदस्यमा पाँच जना मनोनित हुनु भएको छ । दोलखाबाट बैकल्पिक केन्द्रीय सदस्य मनोनित हुनेमा शंकर लामा , नर बहादुर पाख्रिन , गोपाल पाण्डे , विशाल खड्का र बलराम थापा रहनु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यका अन्तिम नाम पेश गर्नु भएको थियो । ३ सय ७७ जना केन्द्रीय सदस्य र ८६ जना जना बैकल्पिक केन्द्रीय सदस्य नाम बैठकले अनुमोदन गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिनु भयो । ३७७ सदस्यीय केन्द्रीय सदस्यमा दोलखाबाट मुक्ति प्रधान , गंगा कार्की ,देवी खड्का र नविन जिरेल रहनु भएको छ । ८६ जना रहेको बैकल्पिक केन्द्रीय सदस्यमा दोलखाबाट पाँच जना मनोनित भएसँगै दोलखाबाट माओवादी केन्द्रको केन्द्रमा ९ जनाको प्रतिनिधित्व भएको छ ।समाचारमा ९ हुनु पर्नेमा अन्यथा भएकोमा सच्याईएकाे छ।

Shares

Be the first to comment on "दोलखाबाट नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय सदस्यमा पाँच जना मनोनित"

Leave a comment

Your email address will not be published.


*