दोलखाको ५९ वटा विद्यालयमा क्वारेन्टाइन निर्माण

साँकेतिक तस्बिर

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १
दोलखामा ५९ वटा सामुदायिक विद्यालयमा अस्थायी क्वारेन्टाइन निर्माण गरिएको छ ।
कोरोना भाइरस संक्रमण भएकाको सम्पर्कमा आएका व्यक्तीलाई राख्न जिल्लाको ९ वटै स्थानीय तहमा गरि ५९ वटा विद्यालयमा अस्थायी क्वारेन्टाइन निर्माण गरिएको हो । सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा १ वटा कलेज रहेको पालिकाले जनाएको छ । बैतैश्वर गाउँपालिकामा ११, विगु, तामाकोसी र शैलुङ गाउँपालिकामा ७–७ वटा, गौरीशंकर गाउँपालिकामा ५ वटा, जिरी नगरपालिकामा ३ वटा, मेलुङ गाउँपालिकामा २ वटा गरि जिल्लामा कुल ५९ सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण भएको छ । विद्यालयहरुमा क्वारेन्टाइनका लागि आवश्यक पुर्वाधार रहेकाले विद्यालयलाई अस्थायी क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको पालिकाहरुले जनाएका छन् । विद्यालयमा क्वारेन्टाइनको मापदण्ड अनुसार विद्युत्, पानी, शौचालय लगायतको आधारभुत सेवा सुविधा रहेकाले विद्यालयलाई नै अस्थायी क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक शुसिल श्रेष्ठले बताए । केही स्थानीय तहले भने अझै क्वारेन्टाइनको संख्या बढाउनुपर्ने देखिएमा विद्यालयलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गरिने बताएका छन् । जिल्लामा सामुदायिक भवन, व्यक्तिको निजी घरलाई समेत क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको पाइएको छ । जिल्लामा १ हजार ७९ जना राख्न सकिने क्वारेन्टाइन निर्माण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइतबारसम्म ३ सय ३६ पुरुष र २२ जना महिला गरि ३ सय १४ जना क्वारेन्टाइनमा बसिरहेको कार्यालयका कोरोना फोकलपसर्न बासु अधिकारीले बताए ।

Shares

Be the first to comment on "दोलखाको ५९ वटा विद्यालयमा क्वारेन्टाइन निर्माण"

Leave a comment

Your email address will not be published.


*