दोलखाको ४ स्थानमा नि ः शुल्क परिवार नियोजन घुम्ती शिविर

चरिकोट, मंसिर १९
दोलखाको ४ स्थानमा नि ः शूल्क परिवार नियोजन स्थायी बन्ध्याकरण सेवाको घुम्ती शिविर आयोजना हुने भएको छ ।
सन्ता जन्माउन रहर पुगिसकेका दम्पतिहरुका लागि जिल्लाको बैतेश्वर, तामाकोशी, विगु र भीमेश्वर नगरपालिकामा नि ः शूल्क शिविरको आयोजना हुने भएको हो ।
मंसिर २५ देखि ३० गतेसम्ममा ति चारै गाउँपालिकाको पायक पर्ने स्थानमा शिविर संचालन हुने स्वास्थ कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।
उनका अनुसार स्थायी बन्ध्याकरण महिलाको लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोममी अप्रेशन घुम्ती शिविर हुने छ ।
बैतेश्वर गाउँपालिकाको नाम्दु स्वास्थ्य चौकीमा मंसिर २५, तामाकोशी गापाका लागि त्रिपुरा मावि किर्नेटार बजारमा २७ गते शिविर संचालन स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरि विगु गापाका लागि सामुदायिक सेवा केन्द्र भवन सिँगटीमा २९ र भीमेश्वर नगरपालिकाको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ३० गते संचालन हुने छ । साथै मिनिल्याप अप्रेशनका लागि महिलाले खाना नखाइै आउन कार्यालयले जनाएको छ ।

शिविर स्वास्थ्य कार्यालय दोलखाकाको आयोजना र बैतेश्वर, तामाकोशी, मेलुङ, विगु र भीमेश्वर नगरपालिकाको समन्वय हुनेछ । सुनौलो परिवार नेपाल, मेरी स्टोप्स् सेन्टर, काठमाडौँको प्राविधिक सहयोगमा संचालन हुनेछ ।

Shares

Be the first to comment on "दोलखाको ४ स्थानमा नि ः शुल्क परिवार नियोजन घुम्ती शिविर"

Leave a comment

Your email address will not be published.


*