दोलखाको सुन्द्रावती दुध संकलन केन्द्रमा दैनिक ३ सय लिटर दुध संकलन

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २१
दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावती कटुवाचौरमा रहेको सुन्द्रावती दुुुुग्ध संकलन तथा बिक्री केन्द्रमा दैनिक ३ सय लिटर दुध संकलन हुने गरेको छ ।
सुवर्ण कृषि सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित केन्द्रमा स्थानीयस्तरबाटै उक्त परिमाणको दुध संकलन हुने गरेको हो ।
पशुपालक किसानहरुलाई दुध विक्रीमा सहज बनाउने उद्देश्यले २०७५ असोजमा संकलन केन्द्र स्थापना भई सञ्चालनमा आएको थियो ।
सहकारीका अध्यक्ष बाबुुराम शाहीका अनुसार सुनखानी, क्षमावती, सुन्द्रावती र भीमेश्वर नगरपालिकाको विभिन्न स्थानबाट दुध संकलन हुने गरेको छ ।
संकलित दुध स्थानीय बजार सिँगटी, चरिकोट र अन्य बजारमा खपत हुने गरेको उनले बताए । केन्द्र स्थापना भएपछि उक्त क्षेत्रमा पशुपालक कृषकहरु बढ्दै गएको उनले बताए । दुग्ध चिस्यान केन्द्र स्थापनापश्चात् किसानहरुलाई दुध बिक्री नहुने समस्याबाट राहत पुगेको सहकारीका अध्यक्ष शाहीले बताए ।
किसानहरुलाई दुधको उचित मूल्य दिए पनि केहि किसानहरुले दुधको मूल्य कम भएको भन्दै दुधै ल्याउन छाडेको शाही बताउँछन् । हाल केन्द्रले गाईको दुध प्रतिलिटर ५५ रुपैँया र भैँसीको दुध प्रतिलिटर ७० रुपैँयामा खरिद गर्ने गरेको छ । दुग्ध चिस्यान केन्द्रमा दुधको फ्याक्ट नाप्न मेशिन जडान गरिएको छ । छिट्टै अन्य प्रविधीपनि जडान गरि केन्द्रलाई थप व्यवस्थित बनाईने उनले बताए । पछिल्लो समय पशुपालन
तर्फ किसानहरुको आकर्षण बढ्दै गएको सहकारीले जनाएको छ ।
किसानलाई सहज
सहकारी संस्थाले दुग्ध संकलन केन्द्रसगैँ स्थापना गरेको कृषि उपज संकलन तथा बिक्री केन्द्रमा तरकारी संकलन गर्न थालेपछि तरकारी बेच्ने चिन्ताबाट किसानहरु मुूक्त भएका छन् ।
केन्द्रले किसानले उत्पादन गरेको तरकारी खरिद गरि चित्तबुझ्दो मूल्य दिने भएपछि किसानलाई तरकारी बेच्न सदरमुकामसम्म धाउनुुपर्ने समस्या मुक्त भएको हो ।
स्थानीय स्तरका किसानहरुले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी केन्द्रले खरिद गरिदिने भएपछि किसानहरु खुसी भएका केन्द्रले जनाएको छ । केन्द्रमा आलु, साग, मुला, खुर्सानी लगायतको धेरै किसिमका तरकारी संकलन गरिने गरिएको छ । जसले गर्दा पछिल्लो समय तरकारी खेतीसंगै पशुपालनमा कृषकहरुको आकर्षण बढिरहेको छ ।
दुुध र तरकारी चिस्यान तथा संकलन केन्द्रमा २ जना व्यक्तिहरु कार्यरत रहेका छन् । सहकारीका अनुसार सहकारीका सदस्य किसानका लागि उन्नत जातका तरकारीका बिउबिजन, टनेल अनुदानमा वितरण गरिने कार्यक्रम रहेको छ । साथै हातेट्याक्टर निश्चित सदस्यका लागि पचास प्रतिशत आर्थिक सहयोग गर्ने सहकारीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाको सुन्द्रावती दुध संकलन केन्द्रमा दैनिक ३ सय लिटर दुध संकलन"

Leave a comment

Your email address will not be published.


*