दोलखाको सुन्द्रावतीमा शिकारमा हिँडेका युवाको गोली लागेर मृत्यु, ४ पक्राउ

चरिकोट(दीस)। शिकारमा हिँडेका कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीका एक युवाको गोली लागेर ज्यान गएको छ ।
सुक्राम सामुदायिक वन क्षेत्रमा बिहिबार शिकार खेल्न गएका कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीका २७ वर्षिय शिव थामीको तिग्रा माथि गोली लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

रुखबाट लडेर मृत्यु भएको भन्ने सूचना प्राप्त भए पनि चरिकोट अस्पतालमा ल्याइएको लाशको प्रारम्भिक मुचुल्का अनुसार थामीको तिग्राभन्दा माथि गोली लागेको निसान देखिए पछि प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा घटनास्थलको वन क्षेत्रबाट तीन थान भरुवा बन्दुक बरामद गरेको दोलखाको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा चारजना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिहिबार राती ९ बजेदेखि मृतक थामीको शव चरिकोट अस्पतालको मुर्दाघरका रहेको छ । प्रहरीले थामीको शबलाई पोष्टमार्टमको लागि काठमाण्डौं पठाउने तयारी गरेको छ ।

Shares

Be the first to comment on "दोलखाको सुन्द्रावतीमा शिकारमा हिँडेका युवाको गोली लागेर मृत्यु, ४ पक्राउ"

Leave a comment

Your email address will not be published.


*