दोलखाको सिंगटीमा १५ महिने शिशुसहित २३ जना क्वारेन्टाइनमा

चरिकोट /  ईस्वर विक– कालिञ्चोक गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १५ महिने शिशुसहित २३ जना व्यक्तिहरु बसेका छन् ।स्वास्थ्य चौकी नजिकै निर्माण गरिएको २१ बेडको क्वारेन्टाइमा मँगलबार १५ महिनाको शिशु र अामासहित २३ जना व्यक्तिहरु बसेका हुन् ।
त्यसैगरी ४ बर्षका १, ६ बर्षका १, ११ बर्षका १ जना गरि ४ जना बालबालिकालाई क्वारेन्टाइनमा राखिएको पालिकाका अध्यक्ष विनकुमार थामीले बताए । त्यसैगरी ३ जना जेष्ठ नागरिकहरु पनि क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए ।
केहिदिन अघि काठमाडौंबाट २३ जना एउटै गाडीमा आएका थिए । जसमा १ जना भारतबाट फर्किएका थिए । भारतबाट फर्किएका व्यक्ति र अन्य २२ जना सगैं फर्किएका कारण कोरोना संक्रमणबाट सुरक्षित रहन क्वारेन्टाइनमा राखिएको अध्यक्ष थामीले बताए ।
क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई उचित खानाको व्यवस्था गरिएको उपाध्यक्ष कालिका पाठकले बताइन् । उनका अनुसार क्वारेन्टाइनमा बसेका बालबालिकासहित सबैको स्वास्थ्य परीक्षण गरिएको र सबैको स्वास्थ्य सामान्य रहेको छ ।रेे पालिकाका केहिदिनमा नै क्वारेन्टाइन थप्ने तयारी गरेको छ ।
तस्विर सौजन्य –वडा अध्यक्ष निशान वुढाथोकी

 

Shares

Be the first to comment on "दोलखाको सिंगटीमा १५ महिने शिशुसहित २३ जना क्वारेन्टाइनमा"

Leave a comment

Your email address will not be published.


*