दोलखाको वैतेश्वरमा सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न

इश्वर दाहाल

चरिकाेट पाैष २९

जिल्ला सहकारी संघ लिमिटेड दोलखाको आयोजनामा एक दिने सम्पति शुद्धिकरण निवारण विषयक तालिम कार्यक्रम वैतेश्वर गाउँपालिकाको मैनापोखरीमा साेमबार सम्पन्न भएको छ । वैतेश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिका भित्रका सहकारी संघ संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिममा ३० वटा सहकारी संघ संस्थाहरुबाट संघ संस्थाहरुका अध्यक्ष, पदाधिकारी, संञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरु गरि ६० जनाको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुमा देखिएको सम्पति सुद्धिकरण सम्बन्धि दुविधालाई समाधान गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले बताए । सहकारी संघ संस्थाहरुको वित्तिय कारोबारलाई थप ब्यवस्थित, प्रभावकारी बनाई सहकारी ऐन नियमावली अनुरुप अगाडि बढाउन तालिमको आयोजना गरिएको हो। जिल्ला सहकारी संघ लिं दोलखाको अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा भएको तालिममा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्का, जनसचेतन साकोसका अध्यक्ष भिम प्रसाद दहाल लगायतले मन्तव्य व्यक्त गरेका गरे ।  कार्यक्रममा सम्पत्ति शुद्घिकरणको परिचय, प्रकृया, कानुनी व्यवस्था, निवारण, सहकारीमा यसको आवश्यकता, सदस्य पहिचान फारम लगायतका वारेमा सहकारी विभागका पुर्व उप–रजिष्टार एंव सहकारी विज्ञ नारायण प्रसाद ज्ञवालीले सहजिकरण गरेका थिए ।

Shares

Be the first to comment on "दोलखाको वैतेश्वरमा सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*