दोलखाको विरुवामा विद्यूत सट हुँदा एक जनाको ज्यान गयो

चरिकोट – खेत रोप्न गएकी एक महिलाको खेत नजिकमा रहेको पोल छेउमा रहेको तारमा विद्युत सट हुदाँ ज्यान गएको छ । विद्युत सट हुँदा भिमेश्वर नगरपालिका ५ कि ४० बर्षिय दुर्गा बुढाथोकीको ज्यान गएको हो । दोलखाका भीमेश्वर नगरपालिका ५ स्थित विरुवामा बुधबार खेत नजिक रहेको विद्युतको पोलको टेको दिएर राखेको तारमा बिद्युत सर्ट भएको कारण उनको मृत्यु भएको प्रहरी बताएको छ । उनी छिमेकी शंकर बुढाथोकीको खेत रोप्न गएकी थिइन । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाको विरुवामा विद्यूत सट हुँदा एक जनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*