दोलखाको विगु गाउँपालिका अति दुर्गम

चरिकोट(दीस)ः दोलखा जिल्लाको विगु गाउँपालिका जिल्लाका नौ स्थानीय तहहरुमध्ये अति दुर्गममा परेको छ । नेपाल सरकारले हालै गरेको स्थानीयतहको वर्गीकरण अनुसार विगु अति दुर्गम अर्थात क श्रेणीमा मा परेको हो ।
जिल्लाको भीमेश्वर नगरपालिका मध्यम दुर्गम अर्थात ग श्रेणीमा तथा बाँकी सात स्थानीय तहहरु दुर्गम अर्थात ख श्रेणीमा परेका छन् । सुगम अथवा घ श्रेणीमा भने दोलखाका कुनै स्थानीयतहहरु परेका छैनन् । स्थानीय तहको यातायात सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकाम देखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चारको सेवा, विद्युत सेवाको पहुँच र नियमितता, मानव विकास सूचाकं, भौगोलिक अवस्थिति लगायतका आधारमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीयतहको बर्गीकरण गर्ने गर्दछ ।

Shares

Be the first to comment on "दोलखाको विगु गाउँपालिका अति दुर्गम"

Leave a comment

Your email address will not be published.


*