दोलखाको विगुमा खोलामा चिप्लेर एक जनाको ज्यान गयो

दोलखा : गएराति फट्केबाट खोला तर्ने क्रममा चिप्लिएर खस्दा दोलखामा एक वृद्धको मृत्यु भएको छ। बिहीबार राति ८ बजेतिर बिगु गाउँपालिका–६, आलम्पुका ७२ वर्षीय सार्की थामीको चिप्लिएर खोलामा खसेर मृत्यु भएको हो। आफ्नो घरबाट छिमेकी चिलंखा गोलेपा पाखामा रहेको गाईबस्तु गोठमा जानेक्रममा खोलामा बनाएको काठको फट्केबाट चिप्लिएर खोलामा खसेर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।खोलाले बगाएर करिब तीन सय मिटर तल मृत अवस्थामा थामीको शव फेला परेको प्रहरी नायब निरीक्षक बलदेव देवकोटाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shares

Be the first to comment on "दोलखाको विगुमा खोलामा चिप्लेर एक जनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*