दोलखाको वडा तथा पालिकामा एमालेको नयाँ नेतृत्व

इश्वर बिश्वकर्मा

नेकपा एमाले दोलखामा सर्वसम्मत नयाँ नेतृत्व गठन गरी पालिका तथा वडा स्तरीय अधिवेशन सम्पन्न भएको छ । एमालेले विभाजनपछि पहिलो पटक गरेको अधिवेशनबाट पार्टीमा गुटबन्दी नरहेको र पार्टी बलियो भएको सन्देश दिन नौ वटै गाउँनगर तथा ७४ वटा वडा मध्ये ७३ वटा वडाको नेतृत्व सर्वसम्मत टुङ्गाएको हो ।
कात्तिक ६ देखि १५ गते सम्म भएको वडा तथा पालिका अधिवेशनमा ¥याली, नाराजुलुस, सांगितिक तथा सांस्कृतिक प्रस्तुतिले उल्लास र रौनकता दिएको थियो ।
जिल्लास्तरीय नेताहरुको सहजीकरण तथा सुझावअनुसार आन्तरिक छलफलपछि सबै गाउँनगर तथा वडामा सर्वसम्मत नयाँ नेतृत्व चुनिएको एमालेले जनाएको छ ।
नगर तथा गाउँ समितिको उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित ७५ सदस्यीय पार्टी समिति सर्वसम्मत समिति गठन भएको हो, भने वडाहरुमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दई उपसचिव सहित ३१ सदस्यीय वडा समिति सर्वसम्मत गठन नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।
जिल्लामा दुई नगरपालिका सात गाउँपालिका र ७४ वटा वडा रहेको छ । जसअनुसार नगर तथा पालिका कमिटीमा ४५ पदाधिकारी, ६ सय ३० सदस्य र वडा कमिटीमा एक सय ५५ पदाधिकारी र एक हजार ९५० सदस्य सर्वसम्मत चयन भएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन सकिएपछि दोलखा जिल्ला अधिवेशन मंसिर मसान्त वा पुस पहिलो साताभित्र गरिसक्ने उहाँले बताउनुभयो ।


भीमेश्वर नगरपालिका
१२ गते सम्पन्न एमाले भीमेश्वर नगर अधिवेशनले ज्ञानेन्द्र प्रधानको नेतृत्व पायो । उहाँको अध्यक्षतामा गठन गरिएको ७५ सदस्यीय नगर समितिको उपाध्यक्षमा जगन्नाथ बस्नेत, सचिवमा भोला खतिवडा, सहसचिवमा ज्ञानबहादुर तामाङ र मेनुका सुवेदीले जिम्मेवारी पाउनुभएको छ ।
विभिन्न मितिमा सम्पन्न अधिवेशनबाट वडा नम्बर –१ वडा समितिको अध्यक्षमा उद्धव कार्की, वडा नम्बर २ को अध्यक्षमा राजेन्द्र नारायनण श्रेष्ठ, वडा नम्बर –३ को अध्यक्षमा राजन थापा, वडा नम्बर –५ को अध्यक्षमा सिताराम सुवेदी चुनिनु भएको छ । वडा नम्बर ६ को अध्यक्षमा राधाकृष्ण थापा, वडा नम्बर ७ को अध्यक्षमा रघुनाथ कार्की, वडा नम्बर–८ को अध्यक्षामा मानबहादुर केसी र वडा नम्बर –९ को अध्यक्षमा दुर्गा श्रेष्ठ रहनुभएको छ । वडा नम्बर ४ मा भने प्राविधिक कारणले समयमैँ अधिवेशन हुन सकेको छैन् । तिहार सकिएपछि अधिवेशन गर्न छलफल भइरहेको वडा इन्चार्ज बलराम श्रेष्ठले बताउनुभयो ।
जिरी नगरपालिका
जिरी नगरपालिकाको अधिवेशनले केशव कुमार कार्कीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर समिति बनेको छ । समितिको उपाध्यक्षमा मिंमा शेर्पा, सचिवमा भुपेन्द्रराज सुनुवार, सहसचिवमा पदेमान जिरेल र कृष्णकुमारी तामाङ चयन हुनुभएको छ ।
जिरी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा करफिन्जो शेर्पा, २ मा सोन्तेम्बा शेर्पा, ३ मा रामबहादुर केसी, ४ मा शिवबहादुर कार्की, ५ मा गुञ्ज कुँवार, ६ मा लिला बहादुर जिरेल, ७ मा लिला जिरेल, ८ मा गम्बु बिक र ९ मा चक्रबहादुर तामाङको नेतृत्वमा कमिटी गठन भएका छन् ।
बैतेश्वर गाउँपालिका
नेकपा एमालेको बैतेश्वर गाउँपालिकाको अध्यक्षमा माधब प्रसाद घिमिरे चयन हुनु भएको छ । कमिटीको उपाध्यक्षमा माधब प्रसाद दहाल , सचिबमा बिरोध तमाङ र सहसचिबमा शान्त जिरेल र पुण्य रिमाल चयन हुन भएको हो ।
वडा नं. १ मा सविन तामाङ, २ मा शम्भु तामाङ, ३ मा अक्कल बहादुर तामाङ, ४ मा कुमार चौलागाईँ, ५ मा पुस्कर दाहाल (गंगा), ६ मा राज कुमार ढुंगेल, ७ मा लाल प्रसाद चौलागाईँ र ८ मा शेर बहादुर तामाङको अध्यक्षमा ३१ सदस्यीय समिति गठन भएको छ ।


कालिञ्चोक गाउँपालिका
सिंगटीमा आइतबार सम्पन्न पालिका अधिवेशनबाट ईश्वरी दाहालको अध्यक्षतमा कालिञ्चोक गाउँपालिका समिति गठन गरिएको छ । उपाध्यक्षमा निशान बुढाथोकी, सचिवमा होम थामी र उपसचिवहरुमा क्रमशः भोलाराज बस्नेत र तारामाया थामीले जिम्मेवारी पाउनुभएको छ ।
विभिन्न समयमा सम्पन्न अधिवेशनले वडा नम्बर १ मा भक्त सिंह थामी, २ मा जहान सिंह थामी, ४ मा कुमार बस्नेत, ५ मा सन्तोष खड्का, ६ मा ओम बहादुर थापा, ७ मा दिपक राउत, ८ मा यज्ञ बहादुर भारती र ९ मा प्रल्हाद पकुवालको अध्यक्षतामा वडा समिति बनेको छ ।
विुग गाउँपालिका
आइतबार सम्पन्न अधिवेशनले विगु गाउँपालिकाको नयाँ नेतृत्व टेकमान तामाङलाई दिएको छ । त्यसैगरी उपाध्यक्षमा कृष्ण कुमारी थामी, सचिवमा लोक बहादुर नेपाली र उपसचिवहरुमा रामशरण खड्का र तेजनारायण श्रेष्ठ रहनुभएको छ । वडा अधिवेशनबाट वडा नम्बर १ मा पहल मान तामाङ, २ मा याम बहादुर तामाङ, ३ मा कुमार बिश्वकर्मा, ४ मा विष्णु ठकुरी, ५ मा काले शेर्पा, ६ मा भरुने थामी, ७ मा पुकार थापा मगर, ८ मा राम बहादुर थामीको अध्यक्षतामा नेतृत्व गठन भएको छ ।
गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जंग गुरुङको नेतृत्वमा सर्बसम्मत रुपमा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा मिंगुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा क्रमशः टिका खत्री केसी र प्रकाश कार्की रहनुभएको छ ।
वडा अधिवेशनबाट वडा नम्बर १ मा कृष्ण बहादुर खड्का, २ मा राजाराम कार्की, ३ मा चक्र बहादुर खत्री, ४ मा जीत कार्की, ५ मा सुन्दर खड्का, ६ मा आङ्तेम्बा शेर्पा, ७ मा लाक्पा शेर्पा, ८ मा चटक गुरुङ ( उमेश) र ९ मा मेघराज ठकुरीको अध्यक्षतामा वडा नेतृत्व बनेको छ ।
मेलुङ गाउँपालिका
कार्तिक १० गते सम्पन्न मेलुङ गाउँपालिका अधिवेशनले अम्विका गोलेको अध्यक्षतामा समिति गठन गरेको छ । उपाध्यक्षमा ललित बहादुर बस्नेत, सचिवमा नवराज खड्का, सहसचिवमा शोभा पोखरेल र भीम बहादुर चयन हुनुभएको छ ।
वडा नम्बर १ मा शोभित उप्रेती, २ मा शिव बहादुर भण्डारी, ३ मा बालु लाल थोकर, ४ मा सोम बम्जन, ५ मा चम्पा लामा, ६ मा भुपाल दास श्रेष्ठ र ७ मा रंग मगरले अध्यक्ष भई नेतृत्व पाउनुभएको छ ।
शैलुङ गाउँपालिका
सोमबार सम्पन्न अधिवेशनबाट शैलुङ गाउँपालिकामा थिर बहादुर मोक्तानको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बुद्धवीर घिसिङ, सचिवमा अन्जन बुढाथोकी, .उपसचिवमा झम्कबहादुर कार्की र तारादेवी बस्नेत रहनुभएको छ । विभिन्न मितिमा सम्पन्न वडा अधिवेशनबाट वडा नम्बर १ मा गोपी लाल तामाङ, २ मा तिर्थ बहादुर श्रेष्ठ, ३ मा राजकुमार श्रेष्ठ, ४ मा ज्ञानेन्द्र प्रसाद न्यौपाने, ५ मा दिल कुमार तमाङ, ६ रमेश बहादुर सुवेदी, ७ मा सकुन बुढाथोकी र ८ मा मोहन सिङ तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।


तामाकोशी गाउँपालिका
सोमबार सम्पन्न पािलका अधिवेशनबाट पालिका समितिको अध्यक्षमा नारायणध्वज खड्का चयन हुनुभएको छ । भने उपाध्यक्षमा उर्मिला खड्का, सचिवमा होम बहादुर श्रेष्ठ तथा उपसचिवमा ज्ञानेन्द्र केसी र खुसबहादुर सुनुवार चयन हुनुभएको छ ।
विभिन्न मितिमा सम्पन्न अधिवेशनबाट वडा नम्बर १ मा डन्डपाणी काफ्ले २ मा मिन बहादुर तामाङ, ३ सन्तोष पोखरेल, ४ राजन पोखरेल, ५ कुमार फुँयाल, ६ चक्रबहादुर घिमिरे, ७ गंगा बहादुर सुनुवारको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा गर्ने तय भएको छ ।

Shares

Be the first to comment on "दोलखाको वडा तथा पालिकामा एमालेको नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*