दोलखाको मेलुङ गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १६ जना घाइते

चरिकोट (दीस)— जिल्लाको मेलुङ गाउँपालिका वडा नंं. १ भटमासेमा बोलेरो दुर्घटना भएको छ । मेलुङ — ३ कुनेको मलामी बोकेको बागमती प्रदेश ०१९०२६ च ९८१३ नम्बरको बोलेरो आज बिहान दुर्घटना भएको हो । मलामी लिई तामाकोशी नदीतर्फ जादै गरेको बोलेरो ओरालोमा अचानक बे्रक फेल भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घाइते भएका १६ जना मध्ये मेलुङ —३ का अन्दाजी ६५ बर्षीय पुष्प बहादुर कार्की ,५० बर्षीय अर्जुन खड्का ,५८ बर्षीय टिका बहादुर खड्का,५५ बर्षीय अर्जुन कार्की र ४० बर्षीय डिल्ली बहादुर कार्कीसहित ५ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र बाँकी सामान्य घाइतेहरुको पशुपति चैलागाई स्मृति अस्पताल चरिकोटमा उपचार भइरहेको मेलुङ गाउपालिकाका प्रमुख हिरा कुमार थोकरले बताउनु भएको छ ।

Shares

Be the first to comment on "दोलखाको मेलुङ गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १६ जना घाइते"

Leave a comment

Your email address will not be published.


*