दोलखाको मेलुङ गाउँपालिका बजेट ५७ करोड ६६ लाख

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०
दोलखाको मेलुङ गाउँपालिकाको ११ औँ गाउँ सभामा ५७ करोड ६६ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । पालिका उपाध्यक्ष गायत्री आचार्यले शुक्रबार आयोजित गाउँ सभा समक्ष आगामी आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रमसँगै ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष आचार्यका अनुसार विकास तर्फ चार करोड १ लाख, सामाजिक विकास तर्फ २१ करोड ६८ लाख ६२ हजार, भौतिक पूर्वाधार विकास तर्फ २३ करोड ३३ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ १ करोड ५९ लाख ५० हजार, प्रशासनिक तथा अन्य तर्फ ५ करोड ७९ लाख ६२ हजार र गाउँपालिकाको पुँजीगत तर्फ ७५ लाख बजेट विनियोजन गरिएको छ ।

Shares

Be the first to comment on "दोलखाको मेलुङ गाउँपालिका बजेट ५७ करोड ६६ लाख"

Leave a comment

Your email address will not be published.


*