दोलखाको मेलुङ गाउँपालिकाले सुत्केरी र मृतक परिवारलाई पाँच हजार भत्ता उपलब्ध गराउने

(दीस) –दोलखाको मेलुङ गाउँपालिकाले सुत्केरी महिला तथा मुत्यु भएको परिवारलाई क्रिया खर्च बापत पाँच हजार रुपैया उपलब्ध गराउने भएको छ । पालिकाले २०७७÷०७८ सालको बजेटमा यो प्रावधानसहित सुत्केरी तथा मृतक परिवारमा सहयोगस्वरुप रकम उपलब्ध गराउन लागेको हो । पालिका भित्रका नागरिकहरुलाई यहि साउन १ गते बाट उक्त सुविधा प्रदान गर्न लागिएको पालिकाका प्रमुख नर बहादुर श्रेष्ठले जानकारी दिए । सुत्केरी भएको बच्चाको जन्म दर्ता प्रमाण पालिकामा पेस गरेपछि पालिकाबाट उक्त रकम पाउने पनि प्रमुख श्रेष्ठले जानकारी दिए । मेलुङ गाउँपालिकाका सवै महिलाले स्वास्थ्य चौकीमा सुत्केरी गराउने लक्ष्य लिएको छ । घरमा हुने सुत्ेकरी दरलाई शुन्य बनाउने योजनाका साथ कार्यक्रम सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए । सुत्करी महिलाले यो आर्थिक बर्षदेखी पाँच हजार रुपैया भत्ता बाहेक न्यानो कपडा सहित थप ३ हजार अर्को सुबिधा पाउने पनि उनको भनाई रहेको छ । “हामीले विपन्न बर्गलाई पोषणको कारण आमा तथा बच्चालाई असर नपरोस भनेर यो रकम व्यबस्था गरेका हौ ”अध्यक्ष श्रेष्ठले भने ।
गाउँपालिका भित्रका नागरिक मृत्यु भएमा परिवारलाई क्रिया खर्च बापत पाँच हजार रुपैया उपलब्ध गराउन थालिएको छ । “जनतालाई केही भए पनि राहत होस भनेर यस्तो योजना ल्याएका हौ ”प्रमुख श्रेष्ठले भने ।
पुर्ण अपाङग भएको व्यक्तिलाई पनि निर्वाह भत्ता उपलब्ध गराउने यो गाउँसभाले निर्णय गरेको छ । दुबै आँखा नदेख्ने र कम्मरबाट तल केही नचल्लने ब्यक्तिले यो बर्षबाट भत्ता पाउने भएका छन । गाउँसभाबाट मेलुङले भोकै बस्नु नपरोस भन्ने अभियान सुरु गरेको उनले बताए ।

https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=448s

Shares

Be the first to comment on "दोलखाको मेलुङ गाउँपालिकाले सुत्केरी र मृतक परिवारलाई पाँच हजार भत्ता उपलब्ध गराउने"

Leave a comment

Your email address will not be published.


*