दोलखाको मेलुङ गाउँपालिकामा बस दुर्घटना परी सात जना घाइते ,हात च्यापिएको महिलालाई निकालियो

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर १ सिम्टेमा आज विहान बस दुर्घटना हँुदा सात जना घाइते भएका छन् । गौरीशंकर यातयातको बा ५ ख ६५९० नम्बरको यात्रु बाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनु भएको छ । शनिबार बिहान १७ जना यात्रु बोकेर पवटीबाट चरिकोटतर्फ आउँदै गरेको  बस  सडकबाट करिब १० मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटना परी घाइते भएका ६ जनाको सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भईराखेको छ । पाँच जनाकाे अबस्था सामान्य रहेको छ । सो वडाका एक जनाकाे  अवस्था गम्भिर रहेको बोहोराले जानकारी दिनु भयो । सोही दूर्घटनामा परी बसले हात च्यापिएकी महिला  गोमा लकाईलाई स्थानीयले जेसेबीको मगाएर उद्धार गरिएको गाउँपालिकाका प्रबक्ता हिरा थोकरले जनाकारी दिनू भयो । उनलाई थप उपचारको लागि चरिकोट ल्याइएको उहाँले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "दोलखाको मेलुङ गाउँपालिकामा बस दुर्घटना परी सात जना घाइते ,हात च्यापिएको महिलालाई निकालियो"

Leave a comment

Your email address will not be published.


*