दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

चरिकोट (दीस) ः लगातार आएको बर्षाले दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा आएको पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। दोलखा प्रहरी अनुसार पहिरोले पुरिँदा  ४१ वर्षीय  राजकुमार भुजेल, ३७ वर्षीया राधिका राधिका भुजेल र १५ वर्षिय सुजन भुजेलको मृत्यु भएको छ। ३ वर्षका युवराज भुजेलाई उद्धार गरेर प्रहरीले धुलिखेल हस्पिटलको शाखा अस्पताल भीमेश्वरमा उपचार गर्न पठाइएको थियो । उपचारपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको छ । आज दिउँसो करिव १ बजे पहिरोले घर भत्किएपछि बुबाआमा र दुई छोरा एकैसाथ पुरिएका थिए । लगातार आएको बर्षाले सदरमुकामलगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।

 

\

 

 

Shares

Be the first to comment on "दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*