दोलखाको भीमेश्वर नगरपालिकामा बोलेरो दुर्घटनामा एक बालिकाको मृत्यु, ५ घाइते

चरिकोट
कार्तिक १३– दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते छन् ।

दोलखा बजारबाट नागदहतर्फ केही तल रहेको सोक्ला गाउँबाट ९ जना यात्रु बोकेर दोलखा बजारतर्फ आइरहेको बा १४ च ७६७ नम्बरको उक्त बोलेरो गाडी सडकबाट २० फिट तल पल्टिँदा त्यसमा सवार सोक्ला गाउँकै ९ बर्षिया रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार दुर्घटनामा परि गम्भीर घाइते रोशनीको सदरमुकाम चरिकोटमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी रोशनीका बाबु भोजबहादुरसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चालक मनु तामाङ गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घाइते हुनेमा चालककी श्रीमती ३० वर्षिय दुर्गा ओली, उनका ५ वर्षिय छोरा रोहन ओली र भीनपा २ तिखातलकी ३७ वर्षिय रञ्जनी तमाङ्ग रहेका छन् ।
घाइतेहरुको चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको दोलखाका प्रहरी नायब निरिक्षक यज्ञनन्द शाहले बताए ।


Shares

Be the first to comment on "दोलखाको भीमेश्वर नगरपालिकामा बोलेरो दुर्घटनामा एक बालिकाको मृत्यु, ५ घाइते"

Leave a comment

Your email address will not be published.


*