दोलखाको बिगु पहिरो : छोराको शव भेटियो, बाबु अझै बेपत्ता

राजकुमार भुजेल, दोलखा २८ साउन। दोलखाको बिगु गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका बाबु छोरा मध्ये छोराको शव फेला परेको छ। आज दिउँसो करिब साडे १२ बजे गाउँपालिकाको वडा न ७ का ३५ वर्षीय निमदोर्जे शेर्पा र उनका १२ वर्षिय छोरा पासाङ शेर्पा गाउँको तिनपाटे जङ्गलमा निगुरो टिप्नने क्रममा उनीहरुलाई माथिबाट आएको पहिरोले सोरेर खोलामा पुराएर बेपत्ता भएका थिए। बेपत्ता भएका बाबुछोरा मध्ये छोराको शव फेला परेको वडा अध्यक्ष दल बहादुर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार तिनपाटे तलकोको ठुलो खोलामा मुडाको चेपमा बालकको शव फेला परेको हो। अध्यक्ष श्रेष्ठले भने “दिनभर पानीले खोला बढेपछि घटना स्थलमा जान कठिनाई भएकोले बेलुका पख पानी को वहाफ कम भएपछि खोजी गरेका हौँ ,खोजि गर्दा छोराको शव फेला पर्यो बाउ को परेन । त्यस्तै जिल्लामा आज विहानैदेखि अधिकाश भागमा पानी परेको छ। अहिले छोराको शव फेला परेपछि शवलाई गाउको गुम्बामा लेराइ पुराएको र बाबुको खोजी कार्य आज रात परेको र रातको समयमा खोजी कार्य गर्न कठिनाइ भएकोले भोलि बिहान सम्मको लागि स्थगित गरेको वडा अध्यक्ष श्रेष्ठले बताए।

Shares

Be the first to comment on "दोलखाको बिगु पहिरो : छोराको शव भेटियो, बाबु अझै बेपत्ता"

Leave a comment

Your email address will not be published.


*