दोलखाको बिकासको लागि सबै एक जुट हुनु पर्नेमा जोड

चरिकोट(दीस) ः दोलखाको बिकासको लागि सबै सरोकारवारवाला निकाय एक ठाउँमा आउनुपर्नेमा दोलखाका सरोकारवालहरुले जोड दिएका छन् । शनिबार दोलखाका अगुवा नागरिकहरुको आयोजनामा सदरमुकाम चरिकोटमा भएको अन्तक्र्रियामा बक्ताहरु सो कुरामा सहमत भएका छन् । बागमती प्रदेश सांसद भरत के.सीले दोलखाको बिकासको लागि सबै दल एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । दोलखाको महत्व राख्ने शैलुङ ,कालिञ्चोक ,हनुमन्ते , जिरी तथा अन्य पर्यटकीय क्षेत्रको विकास गर्न सबै सरोकारवाला निकाय लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो । त्यसैगरी बागमति प्रदेशकी सांसद मोनिका श्रेष्ठले नागरिक अगुवाको अभियानलाई आफुले पनि साथ दिने प्रतिवद्धता जनाउनु भयो । एकीकृत समाजबादी पोलिटव्यूरो सदस्य शिब भण्डारीले तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । अहिले लाइसेन्स होल्ड गरेर बसेको कम्पनीले े आयोजना निर्माण गर्न नसक्ने दाबी गर्नु भयो । त्यस्तै,नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले दोलखाको विकासको साझा एजेण्डा बनाएर सबै दल लाग्नु पर्ने बताउनु भयो । विकासको खाका तयार गर्न बृहत सम्मेलन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठले बैक व्याजदरका कारण दोलखाका नागरिक पीडामा परेको बताउनु भयो । आर्थिक मन्दीका कारण दोलखा चरिकोटका स्थानीयहरु सडकमा आउने अबस्थामा पुगेको उहाँको भनाई रहेको छ ।एकीकृत समाजबादी दोलखाका अध्यक्ष भीम दहालले दोलखाको विकासको लागि सबै दल एकै ठाउँमा आउनु पर्ने बताउनु भयो । भीमेश्वरक नगरका नगरप्रमुख ईश्वर मानन्धरले प्रदेश सरकार र संघ सरकारसँग नगरपालिकाको लागि बजेट माग गर्दा दुवै सरकारका मन्त्रीले बजेट विनियोजन गर्नेे आश्वासन मात्र दिएको र वजेट विनियोजनमा भने विभेद गरेको बताउनु भयो । जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरी नगरपालिका पनि दोलखा भित्र नै छ भन्ने भावना राख्न सरोकारवाला निकायलाई आग्रह गर्नु भयो । त्यस्तै ,शैलुङ गाँउपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले औपचारिक कार्यक्रममा दोलखाको बिकासको लागि सबै एक मत हुने गरेको तर बाहिर निस्केपछि अर्कै तर्क गर्ने गरेको बताउनु भयो । त्यस्तै गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले प्रदेश सरकारको व्यवहार हेर्दा उनीहरुको नीति स्थानीय सरकारलाई हेर्ने दृष्टीकोण हेपाहा नीति रहेको बताउनु भयो । भीमेश्वर नगरपालिका वडा ६ का अध्यक्ष नविन लामा र ४ वडा अध्यक्ष तारा चौगागाईले प्रदेश सरकारले वजेट विनियोजन गर्दा विभेद गरेको र प्रदेशको यस्तै व्यवहार कायम रहेमा प्रदेशको विकल्प खोज्नु पर्ने दिन आउन सक्ने बताउनु भयो । नागरिक अगुवा चिरञ्जीवि मास्के दोलखाको समस्याको बारेमा नागरिक समाजले पटक पटक आन्दोलन गर्दै आएकोले सार्वजनिक सरोकारका विषयमा सबै एक ज्ुट हुनु पर्ने बताउन्ु भयो । त्यस्तै नागरिक अगुवा रमेश खतिवडाले दोलखामा विकासको लागि सबै जनप्रतिनिधी एक जुट हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई ,दोलखा उद्योग बाणिज्य संघका पुर्व सु्न्दर कार्की तथा दोलखा उद्योग बाणिज्य संघका महासचिब सुरेश उप्रेती दोलखामा रहेको समस्याको बारेमा अबगत गराउनु भएको थियो ।

Shares

Be the first to comment on "दोलखाको बिकासको लागि सबै एक जुट हुनु पर्नेमा जोड"

Leave a comment

Your email address will not be published.


*