दोलखाको प्रतिनिधी सभामा कसले बाजी मार्ला, दलहरु चुनावी प्रचार–प्रसारमा व्यस्त

कार्तिक, २५/चरिकोट–अगामी मंसिर १० मा हुने प्रतिनिधी सभा तथा प्रदेशसभाको निर्वाचनको लागि दलहरुले प्रचार–प्रसारलाई तिब्रता दिएका छन् । दोलखामा २ वटा गठबन्धन बाम र लोकतान्त्रिक र बाम गठबन्धनका उम्मेदवारबिच प्रतिपर्धा हुने देखिएको छ । बाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य पार्बत गुरुङ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांगे्रसका सभापति रुद्रबहादुर खड्काबिच कडा टक्कर हुने देखिएको छ । दोलखामा निर्वाचनमा दलहरुले आप्mनो विजय सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।

२०४७ को निर्वाचनपछि भएको अधिकांश निर्वाचनमा बामहरुले आफ्नो पक्कड जमाउँदै आएका छन् । गत बैसाखमा भएको स्थानीय तहको निर्वाचन नतिजासँग तुलना गर्दै बाम गठबन्धनले आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । लोकताीतत्रक गठबन्धनले यस निर्वाचनमा आफ्नो बिजय सुनिश्चित भएको बताएको छ । पटक–पटक जनताले दोलखमा बाम कम्युनिष्टहरुलाई बिजय गराउँर्र्दै आएको र अब यस निर्वाचनमा बिगतको नतिजा उल्टने उनीहरुको भनाई रहेको छ । जनताले आफ्नो बिजय सुनिश्चत गराउने उनीहरुको तर्क छ ।

प्रतिनिधी सभामा बाम गठबन्धनबाट उम्मेदवार बनेका गुरुङ एमालेमा छिटो छलाङ्ग मार्ने नेताको रुपमा चिनिन्छन् । दोलखा एमालेको लामो समय जिल्ला नेता हँुदै पार्टी अध्यक्ष भएपछि उनले राजनीतिमा छिटो सफलता हासिल गरेका थिए । हाल एमालेको केन्द्रीय सदस्य रहेका गुरुङ निवर्तमान सभासद हुन् ।

२०७० को निर्वाचनमा दोलखा क्षेत्र नंम्बर १ बाट बिजय भएका उनी हाल बाम गठबन्धनबाट प्रतिनिधीसभामा उम्मेदवार बनेका छन् । निर्वाचनमा बिजय हासिल गर्न कुटनितिक तथा रणनीति बनाउन सक्ने नेताको रुपमा कायकर्ता माझ उनको परिचय रहेको छ । दोलखामा बाम गठबन्धनको पक्कड रहेकोले गुरुङ बिजय हुने एमालेका स्थानीय नेताको भनाई रहेको छ । यस निर्वाचनमा बाम गठबन्धनले बिजय हासिल गर्न सजिलो भएको उनीहरुको तर्क रहेको छ ।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट उमेम्दवार बनेका खड्का हाल दोलखा नेपाली काङगे्रसको सभापति रहेका छन् । ३१ वर्षको उमेरमा सभापति हुँदै जिल्ला विकास समिति दोलखाको बागडोर समालेका सरल नेताको रुपमा उनले परिचय बनाएका छन् । उनी पहिलो पटक प्रतिनिधी सभाको निर्वाचनमा उमेम्दवार बनेका हुन् । खड्का २०४८ को आठौं महाधिवेशनमा महासमिति सदस्य बने र २०७३ मा नेपाली कांग्रेस दोलखाको पार्टी सभापति बने ।

जिल्ला दोलखाका नेताहरु भित्र भाग्यमानी नेताहरुमा पर्छन जो निरन्तर सफल रहको नेपाली कांग्रेस दोलखाको नेताको भनाई रहेको छ । बाम गठबन्धनलाई जसरी पनि खड्काले पराजय गर्ने उनीहरुको दाबी रहेको छ । बिगतका प्रतिनिधीसभा दोलखा २ क्षेत्र रहेको दोलखा हाल १ क्षेत्रमा कायम भएको छ । त्यसैगरी प्रदेश सभा २ क्षेत्र रहेको छ ।

Shares

Be the first to comment on "दोलखाको प्रतिनिधी सभामा कसले बाजी मार्ला, दलहरु चुनावी प्रचार–प्रसारमा व्यस्त"

Leave a comment

Your email address will not be published.


*