दोलखाको पहिलो दुई तारे “होटल एम्ब्रोसिया ” आजबाट सञ्चालनमा

चरिकोट(दीस)– दोलखा सदरमुकाम चरिकोटमा पहिलो सुबिधा सम्पन्न दुई तारे होटल संञ्चालनमा आएको छ । दोलखाका सफल व्यवसायी दिनेश बस्नेतको लगानीमा दुई तारे होटल सञ्चालनमा आएको हो । १३ करोड रुपैयाँको लागतमा “होटल एम्ब्रोसिया ”सञ्चालनमा आएको हो। शनिवार उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमका बीच होटलको उद्घाटन गरेका हुन् । होटलमा जम्मा ३५ कोठा रहेको छ । होटलमा सात ओटा स्वीट तथा २८ ओटा डिलक्स रुम रहेका बस्नेतले जानकारी दिए ।
दोलखाको नीजि क्षेत्रमा उतm होटलमा ५सय जना अटाउने सभाकक्ष रहेको छ । होटलको आफ्नै अन्डर ग्राउन्ड पार्किङको व्यवस्था रहेको छ । होटलमा एकै पटकमा ८० जनालाई सेवा पुरयाउन सकिने रेष्टुरेन्ट पनि रहेको उनले बताए । दोलखामा बर्षेनी आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको र दोलखामा तारे स्तरको होटलको माग भएकोले आफुले दोलखाको पर्यटन बिकासको लागि होटल निर्माण गरिएको बस्नेतले बताए । दोलखा जिल्ला पछिल्लो पटक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
उद्घाटनको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ढकालले दोलखा तारे होटल सञ्चालका हिसाबले सम्भावना बोकेको जिल्ला भएको बताए । दोलखाका धार्मिक,तथा पर्यटकीय हिसाबले नेपालकै पोखरा पछिको सम्भावना बोकेको हिमाली जिल्ला भएको हुँदा नीजि क्षेत्रकै लगानीमा तारे होटल सञ्चालन गर्दा आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।नीजि क्षेत्रका अन्य व्यवसायलाई चलाएमान बनाउन होटल एम्ब्रोसियाले सहयोग पुर्याउने बताए।त्यसैगरी भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले समृद्ध भिमेश्वर निर्माण गर्न र दोलखाको आर्थिक उन्नतिमा होटल एम्ब्रोसियाको योगदान रहने बताए ।
बस्नेतले दोलखामा पहिलो पटक आधुनिक सपिङ कम्पलेक्स अदिती निर्माण गरेका छन् । आफ्नै सुबिधा सम्पन्न भबनमा उनले दुई तारे होटल सञ्चालनमा ल्याएका हुन् । दोलखामा उनले सफल ब्यासायीको रुपमा आफुलाई उभ्याउन सफल भएका छन् । दोलखामा उनको लगानीमा पहिलो पटक चर्चित खानेपानी उद्योग सञ्चालनमा ल्याएका थिए । सो उद्योग पनि हाल संञ्चालनमा रहेको छ । दोलखाको सदरमुकाम चरिकोट पछिल्लो समय तिब्र गतिमा बजारीकरण बढेकोले माटो सुहाउदो लगानी गर्नु पर्ने बस्नेतको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखाको पहिलो दुई तारे “होटल एम्ब्रोसिया ” आजबाट सञ्चालनमा"

Leave a comment

Your email address will not be published.


*