दोलखाको पशुपतिमा महायज्ञ सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर २१

दोलखाको प्रसिद्ध मन्दिर पशुपति मन्दिर परिसरमा शनिबारबाट महायज्ञ सुरु भएको छ ।
मन्दिरको भौतिक पुर्ननिर्माण उद्धेश्यका साथ सुरु गरिएको महायज्ञको उद्धघाटन संस्कृति पर्यटन नागरिक उडड्यन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले गरे ।
उनले महायज्ञको उद्धघाटन गर्दै दोलखा नेपालकै पर्यटकिय स्थल भएकाले यसको अझ पर्यटन विकास निम्ती मन्त्रालय संग सहकार्यका साथ अघि बढ्नुपर्ने बताए ।
दोलखामा विभिन्न ठुला आयोजना निर्माण भइरहेकाले यसको समयमै निर्माण सम्पन्नका लागि मन्त्रलाय सकरात्मक भएको बताए ।
धार्मिक महत्व बोकेका धरोहरको संरक्षण र सर्वद्धनका लागि सबै जुट्नु पर्ने पनि सचिव अधिकारीले बताए ।
महायज्ञको उद्धघाटन कार्यक्रममा संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव डन्डुराज घिमिरे, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महायज्ञमा कपिल देव भट्ट, यज्ञप्रसाद घिमिरेले कथा प्रस्तुत गर्ने आयोजकले जनाएको छ । राधाकृष्ण मन्दिरको स्थान्तरण साथै पुनर्निर्माण, प्रवेशद्धार निर्माण, चर्तुर्मासा भवन र आध्यात्मिक पुस्तकालय निर्माणका उद्धेश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।
मंसिर २९ सम्म संचालन हुने महायज्ञको आयोजना पशुपति मन्दिर संरक्षण समितिले गरेको हो ।

Shares

Be the first to comment on "दोलखाको पशुपतिमा महायज्ञ सुरु"

Leave a comment

Your email address will not be published.


*