दोलखाको दुई स्थानीय तहमा लोक सेवा तयारी कक्षा

चरिकोट, पुस १२ । दोलखाको दुई स्थानीय तहमा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ । लोकसेवा परिक्षाको फारम भरेका व्यक्तीहरुलाई लक्षित गरि जिल्लाको भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको हो । लोकसेवा आयोग एवं शिक्षा आयोगबाट लिइने सहायक स्तर चौथो र पाँचौ तहको परीक्षालाई लक्षित गरी दुबै पालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको जनाइएकाे छ ।भीमेश्वर नगरपालिकामा नगरपालिकाको सहयोग र दीपज्योति समाज सुधार संघको संयोजनमा बिहीबारदेखि सञ्चालित कक्षामा ३२ जना युवाको सहभागिता रहेको भीमेश्वर नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत नारायण प्रसाद सेढाइँले बताए । तालिम ढेड महिनासम्म सञ्चालन हुनेछ । कालिञ्चोक गाउँपालिकामा पनि दीपज्योति समाज सुधार संघकै संयोजन र कालिञ्चोक पालिकाको आर्थिक सहयोगमा शनिबारबाट लोक सेवा आयोगबाट लिइने परिक्षाको तयारी कक्षा शुभारम्भ गरिएको छ । उक्त कक्षामा २० जनाको सहभागीता रहेको पालिकाकी उपाध्यक्ष कालिका पाठकले बताइन् । लोक सेवा आयोगमा नागरिकहरुको पहँुच अभिबृद्धिमा कक्षा सञ्चालनले सहयोग पुग्नेमा उनको मत रहेको छ । स्वस्थ प्रतिस्पर्धाबाट अनुशासित, इमानदार र कर्तव्यनिष्ट सरकारी कर्मचारीको संख्यामा विकास तथा बृद्धि गर्ने उद्धेश्य सहित कक्षा सञ्चालन गरिएको आयोजक पालिकाहरुले जनाएका छन् । कक्षा सञ्चालनले लोकसेवा आयोगको परिक्षामा प्रतिष्पर्धा तथा सफल हुनका निम्ति सहयोग पुग्नेमा विश्वास गरिएको छ । कक्षा सञ्चालन गरिनु गौरवको कुरा रहेकोले यस्ता कक्षाहरु आगामी समयमा पनि गर्नुपर्ने स्थानीय नागरिकहरुकाे माग रहेकाे छ ।

Shares

Be the first to comment on "दोलखाको दुई स्थानीय तहमा लोक सेवा तयारी कक्षा"

Leave a comment

Your email address will not be published.


*