दोलखाको तामाकोसी गाउँपालिकामा सहकारीको अनुगमन गर्न सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ५
दोलखाकाे तामाकोसी गाउँपालिकाले गाउँपालिकामा रहेका सहकारीहरुको अनुगमन गर्न सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, उपाध्यक्ष उर्मिला खड्का केसी, प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइराला, सहकारी शाखाका प्रमुख पवन राज फँुयालको टोलीले सहकारीको स्थलगत अनुगमन साेमबारदेखि सुरु गरेको हो ।

अनुगमन थालनी गरेको सुरुकै दिन हालसम्म  २ सहकारीको अनुगमन गरिएको छ । नवजागरण सहकारी संस्था र महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था सहरेको स्थलगत अनुगमन गरिएको अनुगमन टोलीका सदस्य गाउँपालिकाका सहकारी शाखाका प्रमुख पवनराज फुँयालले बताए ।
महिला साक्षरता बचत सहकारी संस्था व्यवस्थित ढंगले कानुन सम्मत सञ्चालन भएको पाइएको छ । नवजागरण सहकारीमा सफ्टवेयर प्रणालीमा नरहेको, कम्युटर प्रणालीमा सञ्चालन नभएको पाइएको स्थलगत अनुगमनका क्रममा पाइएको छ ।
सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार सहकारी सञ्चालनमा भए नभएको जानकारी लिन पालिकाले अनुगमन शुरु गरेको हो । वित्त सुशासन, संस्थागत सुशासन कायम गराइ सहकारीको दिगो सञ्चालन, स्तरीकरण, एकरुपता, वर्गीकरणमा सहयोगका लागि अनुगमन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइरालाले बताए ।
सहकारीको वास्तविक अवस्थाको पहिचान, तथ्याङ्क सङ्कलन, सहकारी ऐन, नियमावली लागू, सम्पत्ति शुद्धीकरण निर्दे्शिका र समसामयिक कानूनको पालना सम्बन्धमा सहकारी संस्थाको विश्लेषण गर्न अनुगमनले सघाउने उनले बताए ।

गाउँपालिकामा ६१ वटा सकारी सञ्चालनमा छन् । गाउँपालिकाले गाउँपालिकामा सुचिकृत हुन निर्देशन गरेकोमा ३० वटा मात्रै सुचिकृत भएका छन् । बाँकी सहकारीलाइ बारम्बार ताकेता गरेपनि पालिकामा सुचिकृत भएका छैनन् ।

Shares

Be the first to comment on "दोलखाको तामाकोसी गाउँपालिकामा सहकारीको अनुगमन गर्न सुरु"

Leave a comment

Your email address will not be published.


*