दोलखाको तामाकोसी गाउँपालिका मालुमा १० शैयाको अस्पतालको शिलान्यास

चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिकामा आज १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । पालिकाका प्रमुख ईस्वरचन्द्र पोखरेलले आज एक समारोह बिच अस्पतालको शिलान्यास गरेका हुन । पालिकाको वडा नम्बर ४ स्थीत मालुमा अस्पतालको शिलान्यास गरिएको हो । पालिकाको शिलान्यास पछि आफ्नो मन्तब्य दिदै यो अस्पताल निर्माण पछि जनताले स्वास्थ्य सेवा पाउने बिश्वास ब्यक्त गरे । सरकारले आज सुरु गरेको अभियानले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने पोखरेललेको भनाई रहेको छ ।
आज पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गरिएको हो । प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिएको हो । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ सैयाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाउको छ । पाँच शैयाको अस्पतालका लागि रु ७० लाख, १० शैयाका लागि रु ८५ लाख र १५ सैयाका लागि रु एक करोड पठाएको बताएको छ ।

Shares

Be the first to comment on "दोलखाको तामाकोसी गाउँपालिका मालुमा १० शैयाको अस्पतालको शिलान्यास"

Leave a comment

Your email address will not be published.


*