दोलखाको जिल्ला सभापतिमा ४ जनाद्धारा उम्मेदवारी दिने घोषणा

चरिकोट (दीस) –नेपाली कांगे्रस दोलखाको १४ आंै महाधिवेशन अन्र्तगत दोलखा जिल्लामा सभापतिमा कसले जित्ला भन्ने चासोको विषय भएको छ । नेपाली कांग्रेस दोलखाको सभापतिको उम्मेद्वारमा चार जना देखिएका छन् । हालका सभापति रुद्र बहादुर खडका ,बर्मा लामा ,केशब चौलागाई ,तारा खडकाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । हालका सभापति रुद्र खडकालाई सांसद जिपछिरिङ शेर्पाले साथ दिएको बताइएको छ । खडका केन्द्रमा शेर बहादुर देउवाको लाइनमा रहेको कांगे्रस निकट स्रोतले बताएको छ । त्यसैगरी बर्मा लामालाई पुर्व जिल्ला सभापति तारा बहादुर कोइराला , नेता ईश्वर मानन्धर साथ दिनु भएको बताइएको छ । लामा केन्द्रमा रामचन्द्र पौडेलको लाइनमा रहेको बताइएको छ । नेता केशब चौलागाईले आफु गुट बिरोधी भएको कुनै समुह निर्माण नगरी पाटी सभापति जित्ने दाबी गर्दै आउनु भएको छ । तारा खडकालाई नेपाली कांगे्रसका युवा नेता कुन्दनराज काफ्लेले साथ दिनु भएको छ । खडका समुहले नेपाली कांग्रेसमा नयाँ नेतृत्व स्थापित गर्ने दाबि गर्दै आएको छ । खडका केन्द्रमा कृष्ण सिटौलाको लाइनमा रहनु भएको जनाइएको छ । बैतेश्वर गाउँपालिकाका अध्यक्ष छबि लामाले सभापति उठ्ने घोषणा गरे पनि उहाँले रुद्र खडकाको प्यानलबाट उपसभापति उठ्ने बताउनु भएको छ । दोलखामा नेपाली कांगे्रसको जिल्ला तथा केन्द्रीय प्रतिनिधीको छनोट असोज १५ गते जिल्ला महाधिवेशनले गर्ने कार्यक्रम रहेको छ। मंगलबार जिल्लाको २ क्षेत्रमा महाधिबेशन सम्पन भएको छ । मगंलवार क्षेत्र नं १ मा शुक्र तामाङ निर्विरोध क्षेत्रिय सभापतिमा निर्वाचित भइसक्नुभएको छ। यसैगरी क्षेत्रिय उपसभापतिमा गैरिमुदी –१ का सुवाश तामाङ र जिरी नगरपालिकाकी दोर्जी शेर्पालाई सर्वसम्मत चयन गरेको छ। समितिको सचिबमा तामाकोशी गाउँपालिका–१ भिरकोटका बिशाल कार्की र गौरीशंकर–६ का नोर्बु शेर्पा लाई चयन गरेको छ भने सहसचिवमा मेलुङ गाउँपालिका–४ की बिन्दुसागर गोले र तामाकोशी गाउँपालिका–७ का रबिचन्द्र सुनुवार निर्विरोध निर्वाचित भइसक्नुभएको छ। अधिवेशनले सर्वसम्मत रुपमा शुक्र तामाङको सभापतित्वमा २७ कार्यसमिति चयन गरेको क्षेत्रिय निर्वाचन समितिले जनाएको छ। त्यसैगरी प्रदेश प्रतिनिधीमा निर्वाचन हुने जनाइएको छ । क्षेत्र नं २ मा भने नेतृत्व महाधिवेशनले छनोट गर्ने छ । दुबै क्षेत्रको बुधबार सम्म नेतृत्व तथा प्रदेश प्रतिनिधी छनोट हुने निर्वाचन समितिले जनाएको छ। । यस अघि कांगे्रसले दोलखाको ८ स्थानीय तहमा नेतृत्व छनोट गरिसकेको छ ।

Shares

Be the first to comment on "दोलखाको जिल्ला सभापतिमा ४ जनाद्धारा उम्मेदवारी दिने घोषणा"

Leave a comment

Your email address will not be published.


*