दोलखाको छिकिमागो हिमाल माउन्टेनियरिङ गर्ने क्रममा एक स्पेनीस नागरिकको मृत्यु

चरिकोट –दोलखाको रोल्वालिङ हिम श्रृङखलामा रहेको छिकिमागो हिमालमा माउन्टेनियरिङ गर्ने क्रममा एक स्पेनीस नागरिकको मृत्यु भएको छ भने अर्का नागरिक घाइते भएका छन । मृत्यु हुने स्पेनिस नागरिकमा ४४ बर्षिय लुइस फिटेल भल्भर्डे गुजम्यान रहेका छन । त्यसैगरी घाइते हुनेमा उनीसँग हिमालमा माउन्टेनियरिङ गर्न सँगै गएका डेविड सवेला फर्नान्डेजल रहेको दोलखाका सुचना अधिकृत प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनु भयो । घाइते फर्नान्डेजललाई हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाडौ पठाइएको वोहाराले जानकारी दिनु भयो । उनको घटना भएको २८ घण्टा पछि उद्धार भएको हो । यो घटना दिउँसो १० बजेको भएको पनि उनीहरुका साथीहरुले साँझ ५ बजे थाहा पाएको बताइएको छ । छिकिमागो हिमाल ६ हजार २ सय ५८ मिटर उचाई रहेको छ । चार जना स्पेनीस नागरिक शेर्पा सहित असोज १२ सो हिमाल आरोहणमा गएका थिए । अरु २ स्पेनिस नागरिक सकुशल रहेका छन ।

Shares

Be the first to comment on "दोलखाको छिकिमागो हिमाल माउन्टेनियरिङ गर्ने क्रममा एक स्पेनीस नागरिकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*