दोलखाको गौरीशंकर गाउँपालिकामा पानीमा डुबेर बालकको मृत्यु

चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिका वडा ३ डाँडाखर्कमा एक जना बालकको पानीमा डुबेर मृत्यू भएको छ । बुधबार नेपाली कागज बनाउने फ्याक्ट्रीमा काम गर्ने छेटिमा शेर्पाको १३ महिनाको छोरा बालक डाकर्म शेर्पा कागज बनाउन जम्मा गरेको पानीमा डुबेर मृत्यु दोलखा प्रहरीले बताएको छ । । आमा काम गर्ने क्रममा छोरा खेल्दै गर्दा नजिकै जम्मा गरेको पानीमा डुबेर मृत्यु भएको दोलखाका सुचना अधिकृत प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "दोलखाको गौरीशंकर गाउँपालिकामा पानीमा डुबेर बालकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*