दोलखाको गौरिशंकर गाउँपालिकामा चौरी लिन गएका युवा मृत भेटिए

दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ४ झ्याकशस्थित बासाका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार जंगलमा चर्न गएका चौंरी साँझसम्म गोठ नफर्कीएपछि चौंरी लिन भन्दै जंगलतर्फ लागेका ३६ वर्षिया जित बहादुर शेर्पा मृत अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शनिबार साँझ चौरी खोज्न गएका शेर्पा रातभर घर नफर्किएको र आइतबार उनको शव भेटिएको थियो । आफन्तले खोजीका क्रममा आइतबार बिहान ९ बजे घर देखी करिब २ सय मिटर पर बासा पण्डित सामुदायीक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सेते तामाङले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको अधिकारी तामाङले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखाको गौरिशंकर गाउँपालिकामा चौरी लिन गएका युवा मृत भेटिए"

Leave a comment

Your email address will not be published.


*