दोलखाका ६ जना पत्रकार सम्मानित

चरिकोट (दीस) – दोलखाका ६ जना पत्रकार सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले १७ औं देवदाश स्मृती सभामा उहाँहरुलाई विभिन्न पुरस्कारहरूद्वारा सम्मान गरेको हो । सम्मानित हुनेहरूमा देवदाश स्मृति पत्रकारिता पुरस्कारबाट जीवन लामा, स्व .रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट शम्भु गौतम,गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट बलराम खड्का, विकास पत्रकारिता पुरस्कारबाट लालकुमार मोक्तान तथा ईन्द्र मणि पत्रकारिता पुरस्कारबाट नवीन खतिवडा र मेहरमान फाउन्डेसनले प्रदान गर्ने हेम–कृष्णकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट विनिता भण्डारी सम्मानित हुनु भएको थियो ।
नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकण भण्डारी, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल र नेपाल पत्रकार महासङ्घ दोलखाका सचिव दिलबहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "दोलखाका ६ जना पत्रकार सम्मानित"

Leave a comment

Your email address will not be published.


*