दोलखाका ६४ वटा सहकारीले बुझाएनन् आय विवरण

नवराज शिवाकोटी÷ चरिकोट ः करदाता सेवा कार्यालय चरिकोट अन्तर्गत दर्ता भएका फर्महरुलाई तथा विभिन्न संघ संस्थालाई आय विबरण बुझाउन कर कार्यालयले सुचना जारी गरेको छ । आर्थिक बर्ष सुरु भएको ९ महिना सम्म आय विबरण नबुझाएका कारण कार्यालयले यस्ता संघ संस्थालाई सूचना जारी गरेको जनाएको छ । यसरी आय विबरण नुझाउनेमा दोलखाका ६४ वटा सहकारीहरु पनि रहेका छन् । करदाता सेवा कार्यालय चरिकोट अन्तर्गत दर्ता रहेका जिल्लाका सहकारीहरु मध्ये ६४ वटा सहकारीहरुले आय विवरण पेश नगरेका हुन् । करदाता सेवा कार्यालयकी प्रमुख सम्झना गौतमका अनुसार जिल्लाका विभिन्न विषयगत सहकारीहरु मध्ये करदाता सेवा कार्यालय चरिकोट अन्तर्गत दर्ता भएका ६४ वटा सहकारीहरुले चालु आर्थिक वर्षको नौ महिना वित्न लाग्दा समेत आय विवरण बुझाएका छैनन् । आय विवरण पेश नगर्ने सहकारीलाई छिटो आय विवरण पेश गर्न कार्यालयले अनुरोध गरेको बताउनु भयो । कर कार्यालयमा आय विवरण पेश नगर्ने विषयगत सहकारीहरुमा कृषि सहकारी, साना किसान सहकारी, पशु विकास सहकारी, दुग्ध सहकारी, बहु उद्देश्यीय सहकारी, बचत तथा ऋण सहकारी लगायतका रहेको करदाता सेवा कार्यालय दोलखाले जनाएको छ । जिल्लाका नौ स्थानीय तहहरु मध्ये आय विवरण नबुझाउने सहकारीहरु मध्ये सबै भन्दा बढी भीमेश्वर नगरपालिकामा रहेका सहकारीहरु रहेका छन् । भीमेश्वर नगरमा मुख्य कार्यालय रहेको ११ वटा सहकारी, शैलुङका १० वटा सहकारी , कालिञ्चोक गाउँपालिकाका ८ सहकारीहरुले विवरण पेश नगरेको कार्यालयको भनाई रहेको छ । यसैगरी हाल सम्म आय विवरण पेश नगर्ने गाउँपालिकाका सहकारीहरुमा बैतेश्वर गाउँपालिका तथा जिरी नगरपालिकाका ७ –७ वटा सहकारीहरु, गौरीशंकर गाउँपालिकाका ६–६ वटा सहकारीहरु तथा विगु गाउँपालिकाका ४ वटा सहकारीहरुले आय विवरण पेश नगरेको करदाता सेवा कार्यालय दोलखाले जनाएको छ । समय भित्र आय विवरण पेश गर्न प्रमुख गौतमले आग्रह गर्नु भयो । समयमा नै आय विवरण पेश गरेमा लाग्ने जरिवाना छुट हुने गौतमको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखाका ६४ वटा सहकारीले बुझाएनन् आय विवरण"

Leave a comment

Your email address will not be published.


*