दोलखाका ४ वटा स्थानीय तहमा जनगणना कार्यालय स्थापना

हिरालाल बराल चरिकोट, –१२ औँ राष्ट्रिय जनगणनाको लागि दोलखामा तीव्र तयारी भईरहेको छ । मेरो गणना, मेरो सहभागिता भन्ने मुल नाराका साथ गरिने जनगणना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन तयारी भईरहेको बताइएको छ । यसैबीच जिल्लाको ४ स्थानमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । विगु र गौरीशंकर गाउँपालिकालाई कार्यक्षेत्र हुने गरी सिंगटीमा, जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकालाई कार्यक्षेत्र हुने गरी जिरीमा, शैलुङ र मेलुङ गाउँपालिकालाई हेर्ने गरी भेड्पुमा कार्यालय सञ्चालन गरिएको छ । यस्तै कालिन्चोक गाउँपालिका र भीमेश्वर नगरपालिकालाई समेट्ने गरी चरिकोटमा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना कार्यालयका जिल्ला जनगणना अधिकारी रचना प्रधानले बताइन् । स्थानीय जनगणनाको कार्यालयहरुमा १ जना सुब्बा सरहको जनगणना अधिकारी र भेड्पु र सिंगटीमा १ जना खरिदारले काम गरिरहेका छन् । त्यस्तै चरिकोट र जिरीमा भने २ जना खरिदार रहेका छन् । त्यसैगरि ४ वटै कार्यालयमा १–१ कार्यालय सहयोगीले काम गरिरहेका छन् । ति सबै कार्यालयहरु भाडाको कोठामा सञ्चालन गरिरहेको हो । चैत्र ३ गते चरिकोट स्थित जिल्ला समन्वय समिति दोलखाको भवनको खाली कोठामा जिल्ला जनगणना कार्यालय सञ्चालनमा ल्याइएको ल्याइएको थियो ।

Shares

Be the first to comment on "दोलखाका ४ वटा स्थानीय तहमा जनगणना कार्यालय स्थापना"

Leave a comment

Your email address will not be published.


*