दोलखाका ४ कैदीको बाँकी कैद मिनाहा हुने

चरिकोट (दीस) ः संविधान दिवसको अवसरमा दोलखा जिल्लाका चार कैदीको बाँकी कैद मिनाहा हुने भएको छ । कैद मिनाहा हुनेमध्ये सवारी ज्यान मुद्दामा ६ वर्षको कैद सजाय पाएका कालिञ्चोक गाउँपालिका ४ का ३२ वर्षीय सुकदेव शिवाकोटी, डाँका चोरी मुद्दामा ३ वर्षको कैद सजाय पाएका बैतेश्वर गाउँपालिका ४ का ३७ वर्षीय कृष्णबहादुर दहाल र दिपेश दहाल, साथै चोरी र पशुपक्षीसम्बन्धी कसुर (गोरु मारेको) अभियोगमा ३ वर्षको कैद सजाय पाएका मेलुङ गाउँपालिका ४ भेडपुका अर्जुन गोले रहेका छन् ।
त्यसैगरी, रामेछाप जिल्लाका दुई कैदीको पनि बाँकी कैद मिनाहा हुने भएको छ । रामेछापको मन्थली नगरपालिका ४ का अशोक थापा, जो सालकको अखेटोपहार मुद्दामा ५ वर्षको कैद सजाय भोगिरहेका थिए, र लिखु तामाकोशी गाउँपालिका–३ का लोकबहादुर महतरा, जो चोरी मुद्दामा ३ वर्षको कैद सजाय पाएका थिए । उनीहरूको पनि बाँकी कैद मिनाहा हुनेछ । देशभर करिब एक हजार कैदीको कैद मिनाहा गर्न तयारी भइरहेको छ । वर्षेनी कारागार विभागले ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरूको बाँकी कैद मिनाहा गर्न सरकार मार्फत सिफारिस गर्छ र सोही सिफारिसका आधारमा राष्ट्रपतिले कैद मिनाहा गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "दोलखाका ४ कैदीको बाँकी कैद मिनाहा हुने"

Leave a comment

Your email address will not be published.


*